Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता, मंगलबार थुनछेक बहस हुने

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयाेजक दुर्गा प्रसाईं विरुद्ध सोमबार पर्सा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकील कार्यालय पर्साले प्रसाईंविरुद्ध विद्युतिय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा अभियोगपत्र दायर गरेको अदालत स्रोतले जनाएको छ ।

अदालत स्रोतका अनुसार सोमबारको पेशीको गोलाप्रथा प्रक्रिया सम्पन्न भइसकेपछि अभियोगपत्र दर्ता भएकाले सोही दिन थुनछेक बहस हुन सकेन । अब मंगलबार प्रसाईंको मुद्दामा थुनछेक बहस तथा सुनुवाइ हुने सम्भावना रहेको बताइएको छ ।

दुर्गा प्रसाईंलाई यही जेठ ४ गते राति सिद्धार्थ दियालो होटलबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगंज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मानित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले प्रसाईंलाई धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको भन्दै त्यसको कार्यान्वयन नभएको आरोपमा उनका समर्थकहरूले सोमबार पर्सा जिल्ला अदालत अगाडिको सडकमा प्रदर्शनसमेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...