Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पत्रकार आचारसंहिताबारे पर्सामा अनुशिक्षण, पेशागत मर्यादामा ध्यान दिन आग्रह

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न संचारमाध्यमका नयाँ पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय सचिव अशोक तिवारीले गरेका थिए । कार्यक्रममा बोल्दै सचिव तिवारीले पत्रकारहरूले पेशागत मर्यादा र आचारसंहिताको पालना गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

उनले पत्रकारले आफ्नो आचरणप्रति सचेत नभए आलोचना हुने उल्लेख गर्दै सत्य, निष्पक्षता र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिन आग्रह गरे । साथै सरकारले गरेको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको बताउँदै आन्दोलनका कार्यक्रमहरू सफल बनाउन सबै पत्रकारलाई सहभागी हुन आह्वान समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे संचालन पत्रकार महासंघ पर्साका सचिव विजय चाैहानले गरेका थिए ।

अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले प्रशिक्षण दिएका थिए । उनले पत्रकार आचारसंहिताको व्यवहारिक पक्ष, समाचार सम्पादनमा अपनाउनुपर्ने सावधानी तथा पत्रकारिताका वर्तमान चुनौतीबारे सहजीकरण गरेका थिए ।

लामिछानेले पत्रकारितामा सत्यतथ्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...