Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज मेनरोडलाई शहरी मार्ग कायम गर्न माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंजको मेनरोडलाई शहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार प्रदर्शन गरेका छन् ।

वीरगंज संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले थाल बजाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनकारीहरूले मेनरोड परिक्रमा गर्दै घण्टाघरसम्म पुगेर शहरी मार्ग घोषणा गर्न सरकारसँग आग्रह गरेका हुन् ।

संघर्ष समितिका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिभुवन राजपथलाई मेनरोडबाट हटाइसकिएको छ । साथै नेपाल सरकारको आधिकारिक वेबसाइट तथा सरकारले प्रकाशन गर्ने ‘रोड डायरी’ मा समेत आवश्यक संशोधन भइसकेको दाबी गरिएको छ । यस्तो अवस्थामा अब मेनरोडलाई औपचारिक रूपमा शहरी मार्ग घोषणा गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

प्रदर्शनमा स्थानीय व्यापारी, सर्वसाधारण, महिला तथा बालबालिकाको समेत उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले मेनरोडलाई शहरी मार्ग कायम गरिए यातायात व्यवस्थापन, व्यापारिक गतिविधि तथा शहरी सौन्दर्यीकरणमा सकारात्मक प्रभाव पर्ने बताएका छन् ।

माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत प्रदर्शनकारीहरूले दिएका छन् । वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारले सरकारलाई शीघ्र माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

1 COMMENT

  1. बिरगञ्जका सडकबाट पिडित व्यापारीहरु र घरधनीहरू तथा तिनका बालबच्चा बुढापाखाले सहित विरोध गरी गहिरो निंद्रामा सुतेको यो कुंभ कर्ण सरकारलाई निंद्राबाट बियुझाउन र गैर मानविय कार्य प्रति विरोध जनाउन थाल ठ्ठयाई बिरोध गरेकोमा सरकारले अतिशिघ्र बिरगञ्जका पिडितहरु माँग पुरा गरी दिनु पर्छ ।

    उक्त पिडितहरुको माँग प्रति गम्भीर ध्यान दिई बिरगञ्जको मुख्य सडकलाई “शहरी मार्ग” कायमा गरी शिध्र निकास दिन म सरकार संग माँगका साथै अनुरोध गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...