Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

जिराभावानीमा रास्वपाको प्रथम गाउँपालिका भेला सम्पन्न, रामाकान्त चौधरी बने सभापति

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिराभावानी गाउँपालिकामा प्रथम गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले रामाकान्त प्रसाद चौधरीको नेतृत्वमा ११ सदस्यीय गाउँपालिका समिति गठन गरेको हो ।

नवगठित समितिको सभापतिमा रामाकान्त प्रसाद चौधरी चयन भएका छन् भने उपसभापतिमा संजय प्रसाद राय, सचिवमा लहवर राम र सह–सचिवमा सरस्वती महतो चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रिता मात्रिका प्रसाद लामिछाने, सुमित बराल, लालदेव दास, हिरामती राम, पुतरिया देवी, राहुल महतो तथा साधना देवी रहेका छन् ।

भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा लेखनाथ बराल, रमेश प्रसाद यादव, बिरेन्द्र साह कानु, राजकिशोर दास थारु र विनोद राउत चयन भएका छन् ।

रास्वपा पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्व तथा रास्वपा मधेश प्रदेश सभापति ई. तपेश्वर यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भेलामा जिल्ला सभापति हरि पन्त, उपसभापति तुलसा पौडेल अधिकारी, जिल्ला सचिव सुदिश प्रजापति, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी लगायत पार्टीका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न वडा समितिका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...