Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

श्रीर्सियामा निःशुल्क आँखा शिविर, ३४ जनामा मोतियाबिन्दु भेटियो

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साको आयोजनामा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत पर्साको श्रीर्सिया क्षेत्रमा निःशुल्क आँखा शिविर सम्पन्न भएकाे छ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

कार्यक्रम तिलगंगा आँखा अस्पतालसामुदायिक आँखा केन्द्र वीरगंजको संयुक्त प्राविधिक सहयोगमा सम्पन्न भएको हो भने सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीर्सियाले कार्यक्रमको सहजीकरण गरेको थियो । शिविरमा एक दिने मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी परीक्षण तथा पहिचान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका गणपति मोहन बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । साथै सशस्त्र प्रहरी बल नेपाल बिओपि श्रीर्सियाका प्रहरी निरीक्षक समराज खड्का, मेडिकल संयोजक महेश सिंह धामी, छपकैया क्षेत्रका वरिष्ठ प्रहरी नेत्र राणा लगायतको विशेष उपस्थिति रहेको थियो ।

शिविरमा कुल २११ जनाको आँखा परीक्षण गरिएकोमा ३४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको आयोजकले जनाएको छ । मोतियाबिन्दु देखिएका बिरामीहरूको तिलगंगा आँखा अस्पताल मार्फत निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ । साथै अन्य सेवाग्राहीलाई आवश्यकताअनुसार आइड्रप तथा औषधि वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...