वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ अन्तर्गत २७ वटा वडामा वडा भेला सम्पन्न भएको छ । क्षेत्र अन्तर्गतका ३२ वडामध्ये २७ वटामा वडा भेला सम्पन्न भएको तथा ५ वडामा भेला स्थगित भएको क्षेत्रीय सभापति जितेन्द्र मिश्राले जानकारी दिएका छन् ।
उनका अनुसार केन्द्रीय निर्देशनअनुसार क्षेत्र अन्तर्गतका ठोरी, जिराभवानी, जगरनाथपुर र धोबिनी गाउँपालिकाका सबै वडामा वडा भेला सम्पन्न भएको क्षेत्रिय सभापति जितेन्द्र मिश्राले जानकारी दिए ।
ठोरी गाउँपालिकाको वडा नं. १ मा टकबहादुर कुंवर, वडा नं. २ मा रवि प्रसाद पौडेल, वडा नं. ३ मा रञ्जित बस्नेत, वडा नं. ४ मा होमबहादुर श्रेष्ठ तथा वडा नं. ५ मा बिख्रबहादुर श्रेष्ठको नेतृत्वमा वडा तदर्थ समिति गठन गरिएको छ ।
त्यसैगरी जिराभवानी गाउँपालिकाको वडा नं. १ मा राजहरण चौधरी, वडा नं. २ मा विशाल गुप्ता, वडा नं. ३ मा अजितकुमार राय, वडा नं. ४ मा रामप्रबेश राउत थारु तथा वडा नं. ५ मा रुदल रौरा थारुको नेतृत्वमा वडा स्तरीय तदर्थ समिति गठन गरिएको छ ।
जगरनाथपुर गाउँपालिकाको वडा नं. १ मा भरतसिंह क्षेत्री, वडा नं. २ मा मनोज केंवट, वडा नं. ३ मा पारस यादव, वडा नं. ४ मा सोनु मियाँ तथा वडा नं. ५ मा ओम सहनीको नेतृत्वमा वडा तदर्थ समिति गठन गरिएको छ ।
यस्तै धोबिनी गाउँपालिकाको वडा नं. १ मा रुपनारायण पटेल, वडा नं. २ मा चन्द्रिका पटेल, वडा नं. ३ मा शम्भु पटेल, वडा नं. ४ मा रोशन पटेल तथा वडा नं. ५ मा सुरेश साह सभापति चयन भएका छन् ।
छिपहरमाई गाउँपालिकाको वडा नं. १ र ४ मा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा नं. १ मा प्रमेश्वर पटेल तथा वडा नं. ४ मा ज्ञानकुमार पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ । वडा नं. ५ को भेलाले साहिद अहमदको सभापतित्वमा तदर्थ समिति गठन गरेको छ भने वडा नं. २ को अधिवेशन स्थगित भएको बताइएको छ ।
त्यसैगरी कालिकामाई गाउँपालिकाका वडा नं. १, २, ४ र ५ मा वडा भेला सम्पन्न भएको छ भने वडा नं. ३ को भेला स्थगित भएको छ । भेलाले वडा नं. १ मा लालबाबु राउत बरई, वडा नं. २ मा मनमोहन प्रसाद चौरसिया, वडा नं. ४ मा विकास कुशवाहा तथा वडा नं. ५ मा धनिलाल राउत कुर्मीको सभापतित्वमा तदर्थ समिति सर्वसम्मत गठन गरेको जनाएको छ ।
क्षेत्र अन्तर्गत पकहाँ मैनपुर गाउँपालिकाको वडा नं. ५ तथा पोखरिया नगरपालिका–३ बसन्तपुरको वडा भेला हुन बाँकी रहेको बताइएको छ । बाँकी वडाका भेला तथा अधिवेशन जिल्ला भेला पछि गरिने क्षेत्रीय सभापति मिश्राले जानकारी दिए ।
उनका अनुसार अब केन्द्रीय कार्यतालिकाअनुसार पालिका भेलाहरू आयोजना हुँदैछन् । जेठ ८ गते शनिबार जिराभवानी, जगरनाथपुर र कालिकामाई गाउँपालिकाको पालिका भेला आयोजना गरिएको तथा ती भेलाले पालिकास्तरीय तदर्थ समिति गठन गर्नेछन् ।


