Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

कुनै छानबिन नगरी रास्वपाले मेरो सदस्यता खारेज गर्‍यो : चन्दन स्वर्णकार

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका सभापति चन्दन कुमार स्वर्णकारले पार्टीले आफ्नो सदस्यता खारेज गरेपछि कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै स्वर्णकारले आफूविरुद्ध षड्यन्त्र गरिएको दाबी गर्दै “अन्ततः मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा छ” बताएका हुन् ।

उनले कुनै निष्पक्ष छानबिन नगरी तथ्य र प्रमाणलाई बेवास्ता गर्दै जेठ ९ गते हुने विस्तारित बैठक तथा अधिवेशनअघि नै आफूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको आरोप लगाए ।

स्वर्णकारले अधिवेशनमा इमानदार कार्यकर्ताले आफूलाई पुनः जिल्ला सभापतिमा निर्वाचित गर्ने सम्भावनाबाट डराएर केही नेताहरूको दबाबमा पार्टीले निष्कासनको निर्णय गरेको दाबी गरेका छन् ।

“रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन,” उनले लेखेका छन् ।

उनले पार्टीको निर्णयलाई “अन्यायपूर्ण” भन्दै जेठ ९ गते हुने विस्तारित बैठकलाई बाराका कार्यकर्ताले समयमै जवाफ दिने चेतावनीसमेत दिएका छन् ।

स्वर्णकारले आफ्नो राजनीतिक यात्रा रास्वपामै सीमित नरहेको उल्लेख गर्दै अब स्वतन्त्र रूपमा महागढीमाई र बाराका जनताको सेवामा अझ सशक्त ढंगले अगाडि बढ्ने बताएका छन् । साथै आगामी स्थानीय तह निर्वाचनमा जनताले नै आफ्नो फैसला गर्ने उनको भनाइ छ ।

उनले न्यायको लडाइँमा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै “जय बारा, जय महागढीमाई” उल्लेख गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...