Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन पत्रकार महासंघ पर्साको लिखित आग्रह

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्वतमान अध्यक्ष अनुप तिवारीसँग माइनुटलगायतका संस्थागत कागजात तीन दिनभित्र उपलब्ध गराउन लिखित आग्रह गरेको छ ।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले तिवारीलाई पत्र बुझाउँदै सदस्यता शुद्धीकरण प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन विगतका निर्णय तथा अभिलेख आवश्यक रहेको उल्लेख गरेका छन् ।

महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित पत्रमा तिवारीको संयोजकत्वमा गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले उठाएको मागप्रति शाखाको ध्यानाकर्षण भएको जनाइएको छ । पत्रमा तिवारीकै कार्यकालमा वितरण गरिएका सदस्यतासमेत शुद्धीकरणको माग उठेकाले त्यसबेलाको प्रक्रिया, निर्णय र आधार यकिन गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

तर तत्कालीन कार्यसमितिले हालसम्म जिल्ला कार्यसमितिको माइनुट तथा अन्य संस्थागत कागजात वर्तमान कार्यसमितिलाई हस्तान्तरण नगरेको महासंघले जनाएको छ ।

पत्रअनुसार वर्तमान कार्यसमितिको २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष तथा तत्कालीन कोषाध्यक्षसमेत रहेका सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको विवरण ३० दिनभित्र पेश गर्ने जिम्मेवारी दिएको थियो । तर ५१८ दिन बितिसक्दासमेत आवश्यक विवरण उपलब्ध नभएको उल्लेख गरिएको छ ।

महासंघले पटकपटक आग्रह गर्दा पनि माइनुटलगायतका दस्तावेज बुझाउन आनाकानी भइरहेको दाबी गर्दै संस्थागत निर्णय तथा अभिलेख अभावमा शाखाको नियमित कार्य सञ्चालनमै समस्या परेको जनाएको छ ।

त्यसैले सदस्यता शुद्धीकरणसम्बन्धी प्रक्रिया अघि बढाउन विगतका संस्थागत निर्णय अध्ययन आवश्यक रहेकाले सम्बन्धित सम्पूर्ण कागजात तीन दिनभित्र शाखा कार्यालयमा बुझाउन आग्रह गरिएको छ । अन्यथा शाखा नियमअनुसार अघि बढ्ने चेतावनीसमेत पत्रमा दिइएको छ ।

उक्त पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय धनुषालाई समेत पठाइएको छ ।

यसअघि महासंघ पर्साका अध्यक्ष खनाललाई सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै निर्वतमान अध्यक्ष अनुप तिवारीको संयोजकत्वमा गठित संघर्ष समितिले ज्ञापनपत्र बुझाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...