Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

क्रियाशील युवा पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष पटेललाई सम्मान

spot_img
spot_img

वीरगंज । हिन्दु पत्रकार संघले क्रियाशील युवा पत्रकार मञ्च नेपालका नवनिर्वाचित अध्यक्ष आनन्द पटेललाई सम्मान गरेको छ । संघका कोषाध्यक्ष समेत रहेका पटेललाई मञ्चको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भएको अवसरमा सम्मान गरिएको हो ।

वीरगंजमा आयोजित एक कार्यक्रमबीच हिन्दु पत्रकार संघले टीका, माला तथा गम्छा लगाई पटेललाई सम्मान गरेको जनाएको छ । कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, युवा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा संगठनात्मक नेतृत्वमा आनन्द पटेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

हिन्दु पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले नव निर्वाचित अध्यक्ष पटेललाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष बिनोद पटेल, राकेश साह, कन्हैया पटेल, सन्तोष कुश्वाहा, सन्जय कुश्वाहा, अनिल ओझा, अर्जुन चौधरी लगायत पदाधिकारी तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पटेलले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्दै पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा निष्पक्ष पत्रकारिताको प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...