Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

क्रियाशील युवा पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष पटेललाई सम्मान

spot_img
spot_img

वीरगंज । हिन्दु पत्रकार संघले क्रियाशील युवा पत्रकार मञ्च नेपालका नवनिर्वाचित अध्यक्ष आनन्द पटेललाई सम्मान गरेको छ । संघका कोषाध्यक्ष समेत रहेका पटेललाई मञ्चको अध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भएको अवसरमा सम्मान गरिएको हो ।

वीरगंजमा आयोजित एक कार्यक्रमबीच हिन्दु पत्रकार संघले टीका, माला तथा गम्छा लगाई पटेललाई सम्मान गरेको जनाएको छ । कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रको विकास, युवा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा संगठनात्मक नेतृत्वमा आनन्द पटेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

हिन्दु पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले नव निर्वाचित अध्यक्ष पटेललाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष बिनोद पटेल, राकेश साह, कन्हैया पटेल, सन्तोष कुश्वाहा, सन्जय कुश्वाहा, अनिल ओझा, अर्जुन चौधरी लगायत पदाधिकारी तथा पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पटेलले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्दै पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा निष्पक्ष पत्रकारिताको प्रवर्द्धनका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...