Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

दुर्गा प्रसाईं पक्राउबारे २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्रमा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइँटेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज यस्तो आदेश गरेको हो । बाटाको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

सर्वोच्चले यो मुद्दाको आगामी पेशीमा महान्यायाधिवक्ता कार्यालयबाट बहस गर्ने वकिलको साथमा प्रसाईंमाथिको अनुसन्धान फाइल पेश गर्न पनि आदेश दिएको छ ।

बालेन्द्र साह नेतृत्वकाे सरकारको कडा आलोचना गर्दै आएका प्रसाईंलाई प्रहरीले साेमबार वीरगंजबाट समेत पक्राउ गरेकाे थियो । वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ परेका प्रसाईँविरुद्ध विधुतीय कराेबार ऐन र राज्य विरुद्धकाे कसुरमा पर्सा जिल्ला अदालतबाट ३ दिन म्याद अनुमति लिई पर्सा प्रहरीले आफ्नाे हिरासतमा राखेकाे छ ।

वीरगंजको मुख्य सडक विस्तार अभियान अन्तर्गत सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी कार्यको विरोध गर्दै प्रसाईँले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ । सोमबार वीरगंज आएका प्रसाईँले भत्काइएका घरधनीहरुलाई बैंकको ऋण नतिर्न आग्रह गरेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...