Date
मङ्ल, मंसिर ८, २०८३
Tue, November 24, 2026

अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा जोड्न मुख्यमन्त्री यादवको जोड

spot_img
spot_img

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन् । साथै, सीमावर्ती भारतीय नागरिकलाई २४ घण्टासम्म भन्सार छुट दिनुपर्ने माग गरेका छन् ।

मंगलबार अयोध्या–जनकपुरधाम साप्ताहिक रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले दुई धार्मिक नगरीबीच हवाई सेवा सञ्चालन भए धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बताए ।

अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवा सञ्चालन हुनु केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणको परिणाम भएको उल्लेख गर्दै उनले दुवैप्रति आभार व्यक्त गरे ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति धन्यवाद व्यक्त गर्छु, तर रेलसँगै अयोध्यादेखि जनकपुरधामसम्म हवाई सेवा पनि सञ्चालन गर्नुपर्छ,’ मुख्यमन्त्री यादवले भने ।

उनले भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी ठूलो सङ्ख्यामा भारतीय नागरिक जनकपुरधाम आउने भएकाले सीमावर्ती नागरिकलाई २४ घण्टासम्म भन्सार छुटको व्यवस्था गर्नुपर्ने बताए । यस्तो माग आफूले लामो समयदेखि उठाउँदै आएको उनको भनाइ थियो ।

मुख्यमन्त्री यादवले अयोध्या–जनकपुरधाम रेल सेवाले दुवै धार्मिक नगरीबीचको धार्मिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले रेल सेवाले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउने बताए । भगवान् रामको जन्मभूमि अयोध्याको दर्शनपछि माता सीताको नगरी जनकपुरधाम पुगेर धार्मिक यात्रा पूरा गर्न चाहने श्रद्धालुका लागि रेल सेवा सहज माध्यम बन्ने उनको भनाइ थियो ।

रेल सेवाले जनकपुरधाम र अयोध्याको पर्यटन व्यवसायलाई विस्तार गर्नुका साथै दुवै क्षेत्रका नागरिकको आर्थिक समृद्धिमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारलाई गगन थापाको चेतावनी : ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै सरकारलाई चुनौती दिएका छन् । उनले पक्राउ गर्न...

पर्साको ऐतिहासिक बहुदरमाई मेला सुरु, दर्शनार्थीको घुइँचो

वीरगञ्ज। पर्साको बहुदरमाई नगरपालिका–२, पिपरामा ऐतिहासिक बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा आयोजना हुने पाँचदिने मेलाको पहिलो दिन बिहानैदेखि भक्तजन तथा...

जनमत पार्टी पर्साको निःशुल्क आँखा उपचार अभियान पुनः सुरु

वीरगन्ज । जनमत पार्टी पर्साले जिल्लामा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर पुनः सञ्चालन गरेको छ। ‘जनसेवा र लोककल्याण नै राजनीतिको मूल उद्देश्य हो’...