Date
मङ्ल, मंसिर ८, २०८३
Tue, November 24, 2026

वीरगञ्जमा २२ लाखको तस्करीका सामान बरामद

spot_img
spot_img

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१० रानीघाट र वडा नम्बर–१७ रामगढवाबाट छुट्टाछुट्टै समयमा अवैध रूपमा भित्र्याइएका सामान तथा सवारीसाधन बरामद गरिएको हो।

प्रहरीले मंसिर ६ गते दिउँसो करिब १२ः४० बजे रानीघाटबाट भारतबाट भन्सार छली ल्याइएको ४ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको ईभी अटो, खाद्यान्नलगायतका सामान बरामद गरेको थियो।

त्यसैगरी, मंसिर ७ गते साँझ करिब ७ बजे वीरगञ्ज महानगरपालिका–१७ रामगढवाबाट दुईवटा पिकअप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बीआर ०५ जीसी ५८४० र बीआर ३१ जी ९७१७ नम्बरका ती पिकअपमा भन्सार छली गरी ल्याइँदै गरेको कपडालगायतका सामान फेला परेको थियो।

उक्त सामानको मूल्य १७ लाख ७९ हजार २ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

दुवै स्थानबाट बरामद गरिएका सामान तथा तीनवटा सवारीसाधनको कुल मूल्य २२ लाख २ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीले बरामद सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

खेत जोत्ने क्रममा करेन्ट लागेर ट्र्याक्टर चालकको मृत्यु

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकास्थित दसौतासँगै जोडिएको भारतको सीमावर्ती गाउँ इनरवामा खेत जोत्ने क्रममा विद्युत् करेन्ट लागेर एक ट्र्याक्टर चालकको मृत्यु भएको छ। भारतको बिहार...

अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा जोड्न मुख्यमन्त्री यादवको जोड

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन् ।...

सरकारलाई गगन थापाको चेतावनी : ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै सरकारलाई चुनौती दिएका छन् । उनले पक्राउ गर्न...