Date
मङ्ल, मंसिर ८, २०८३
Tue, November 24, 2026

खेत जोत्ने क्रममा करेन्ट लागेर ट्र्याक्टर चालकको मृत्यु

spot_img
spot_img

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकास्थित दसौतासँगै जोडिएको भारतको सीमावर्ती गाउँ इनरवामा खेत जोत्ने क्रममा विद्युत् करेन्ट लागेर एक ट्र्याक्टर चालकको मृत्यु भएको छ।

भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको मैनाटाँड प्रखण्डस्थित इनरवा गाउँमा मंगलबार बिहान भएको दुर्घटनामा स्थानीय शिव पण्डितको मृत्यु भएको हो।

प्राप्त जानकारीअनुसार, पण्डित मंगलबार बिहान ट्र्याक्टर लिएर खेत जोत्न गएका थिए। सोही क्रममा खेतमाथिबाट कृषि मोटर सञ्चालनका लागि लगिएको विद्युत्को तार ट्र्याक्टरको साइलेन्सरमा छोएको थियो। तारको सम्पर्कबाट ट्र्याक्टरमा करेन्ट प्रवाह भएपछि पण्डित करेन्टको चपेटामा परेका थिए। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाको खबर फैलिएपछि इनरवा गाउँमा शोक छाएको छ। मंगलबार साँझ मृतकको शव गाउँ पुगेपछि परिवारजनको रुवाबासी चलेको थियो। पण्डितका दुई छोरा र एक छोरी छन्। परिवारको भरणपोषण गर्दै आएका उनको निधनले परिवारलाई ठूलो पीडा परेको छ भने बालबालिकाले बुबाको साथ गुमाएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि बेतियास्थित सरकारी मेडिकल कलेज तथा अस्पताल (जीएमसीएच) लगिएको थियो। घटनाले भारतको इनरवा गाउँसँगै सीमावर्ती नेपाली बस्तीमा समेत शोक छाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जमा २२ लाखको तस्करीका सामान बरामद

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएका २२ लाख २ हजार ७ सय रुपैयाँ बराबरका सामानसहित तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा जोड्न मुख्यमन्त्री यादवको जोड

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन् ।...

सरकारलाई गगन थापाको चेतावनी : ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै सरकारलाई चुनौती दिएका छन् । उनले पक्राउ गर्न...