Date
मङ्ल, मंसिर ८, २०८३
Tue, November 24, 2026

सरकारलाई गगन थापाको चेतावनी : ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

spot_img
spot_img

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै सरकारलाई चुनौती दिएका छन् । उनले पक्राउ गर्न आउने भए हतकडी लिएर आउन चेतावनी दिएका हुन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी तथा त्रास सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए । आफू यस्ता धम्कीबाट नडराउने स्पष्ट पार्दै उनले सत्तालाई प्रश्न गर्ने आफ्नो राजनीतिक चरित्र नबदलिने बताए ।

राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले माओवादी सशस्त्र द्वन्द्वकालदेखि विभिन्न शक्तिशाली सरकारका पालामा आफूले निरन्तर सत्तालाई प्रश्न गर्दै आएको बताए । राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफ्नो भूमिकाबाट पछि नहट्ने उनको भनाइ थियो ।

‘पक्रने साथीहरूले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात नआउनु, हतकडी चाहिँ लिएर आउनु । खाली हात चाहिँ जान्न,’ थापाले भने ।

उनले दोषीलाई कारबाही गर्ने सरकारको प्रयासमा कांग्रेसले साथ दिने तर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले अनुसन्धान तथा सुरक्षा संयन्त्र प्रयोग गरिए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए ।

कानुन र विधिको शासन सबैका लागि समान हुनुपर्ने भन्दै थापाले राजनीतिक पहुँच, पार्टी निकटता वा सत्ता सम्बन्धका आधारमा कसैले उन्मुक्ति पाउन नहुने बताए । प्रधानमन्त्री, सत्ता निकट व्यक्ति वा विपक्षी दलका नेता जो भए पनि दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ थियो ।

राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम बनाउन नहुनेमा जोड दिँदै थापाले सरकारका गलत कामको निरन्तर आलोचना गर्ने बताए । सरकारका राम्रा काममा सहयोग गर्ने तर दबाब, धम्की र त्रासका कारण कांग्रेसले आफ्नो आलोचनात्मक भूमिका कमजोर नबनाउने उनले स्पष्ट पारे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अयोध्या–जनकपुर रेलसँगै हवाई सेवा जोड्न मुख्यमन्त्री यादवको जोड

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री बालेन्द्र साहसँग आग्रह गरेका छन् ।...

पर्साको ऐतिहासिक बहुदरमाई मेला सुरु, दर्शनार्थीको घुइँचो

वीरगञ्ज। पर्साको बहुदरमाई नगरपालिका–२, पिपरामा ऐतिहासिक बहुदरमाई मेला मंगलबारदेखि सुरु भएको छ। कार्तिक पूर्णिमाको अवसरमा आयोजना हुने पाँचदिने मेलाको पहिलो दिन बिहानैदेखि भक्तजन तथा...

जनमत पार्टी पर्साको निःशुल्क आँखा उपचार अभियान पुनः सुरु

वीरगन्ज । जनमत पार्टी पर्साले जिल्लामा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर पुनः सञ्चालन गरेको छ। ‘जनसेवा र लोककल्याण नै राजनीतिको मूल उद्देश्य हो’...