Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पूर्वमन्त्री राजकुमार गुप्ता ५० लाख धरौटी बुझाएर रिहा हुँदै

spot_img
spot_img

वीरगंज । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज धरौटी बुझाएर रिहा हुने भएका छन् ।

काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका पूर्वमन्त्री गुप्तालाई सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा गर्न लागिएको हो । मंगलबार सर्वोच्च अदालतको इजलास नं. ७ को संयुक्त इजलासले ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको इजलास अधिकृत उदय प्रकाश लिम्बुले जानकारी दिए । उनका अनुसार मंगलबार आदेश भए पनि बुधबार मात्र मिसिल विशेष अदालत पुगेपछि धरौटी प्रक्रिया अघि बढाइएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व आदेश बदर गर्दै धरौटीमा माग गर्न आदेश दिएको हो । सोही आदेशअनुसार बुधबार गुप्ताका परिवारले ५० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका छन् । धरौटी रकम बुझाइएपछि आजै रातिसम्म गुप्ता रिहा हुने सम्भावना रहेको छ ।

पूर्वमन्त्री गुप्ताको तर्फबाट अधिवक्ता कृष्ण प्रसाद पोखरेल, अजयजंशकर झा, दिपेन्द्र झा र कुमार शिलवालसहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट सरकारी वकिल रामहरि शर्मा काफ्लेले बहस गरेका थिए ।

यसअघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । साे आदेशकाे साढे ५ महिना पछि पूर्व मन्त्री गुप्ता रिह हुन लागेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...