Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पूर्वमन्त्री राजकुमार गुप्ता ५० लाख धरौटी बुझाएर रिहा हुँदै

spot_img
spot_img

वीरगंज । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता आज धरौटी बुझाएर रिहा हुने भएका छन् ।

काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका पूर्वमन्त्री गुप्तालाई सर्वोच्च अदालतको आदेशपछि धरौटीमा रिहा गर्न लागिएको हो । मंगलबार सर्वोच्च अदालतको इजलास नं. ७ को संयुक्त इजलासले ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको इजलास अधिकृत उदय प्रकाश लिम्बुले जानकारी दिए । उनका अनुसार मंगलबार आदेश भए पनि बुधबार मात्र मिसिल विशेष अदालत पुगेपछि धरौटी प्रक्रिया अघि बढाइएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्व आदेश बदर गर्दै धरौटीमा माग गर्न आदेश दिएको हो । सोही आदेशअनुसार बुधबार गुप्ताका परिवारले ५० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएका छन् । धरौटी रकम बुझाइएपछि आजै रातिसम्म गुप्ता रिहा हुने सम्भावना रहेको छ ।

पूर्वमन्त्री गुप्ताको तर्फबाट अधिवक्ता कृष्ण प्रसाद पोखरेल, अजयजंशकर झा, दिपेन्द्र झा र कुमार शिलवालसहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । नेपाल सरकारको तर्फबाट सरकारी वकिल रामहरि शर्मा काफ्लेले बहस गरेका थिए ।

यसअघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । साे आदेशकाे साढे ५ महिना पछि पूर्व मन्त्री गुप्ता रिह हुन लागेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...