Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

हरिखेतानकाे विवाद समाधान गर्न छानबिन समिति गठन गर्न सांसद पन्तकाे माग

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको विवाद समाधान गर्न सरकारसँग छानबिन समिति गठनको माग गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले २०३८ सालमा स्थापना भएको हरिखेतान सामुदायिक क्याम्पस अहिले झडपस्थलमा परिणत भएको भन्दै चिन्ता व्यक्त गरे । उनले क्याम्पसमा करिब चार हजार विद्यार्थी तथा १५० प्राध्यापक र कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै दैनिकजसो हुने नाराजुलुस र झडपका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताए ।

उनका अनुसार गुठी संस्थानको जग्गामा निर्माण गरिएको क्याम्पसमा निर्माण सामग्री उपलब्ध गराउन आर्थिक सहयोग गरेका केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक क्याम्पसको मूल विधान संशोधन गर्दै आएको आरोप लगाए । यसले सामुदायिक क्याम्पस निजीकरणतर्फ उन्मुख भएको आभास पैदा गरेको उनको भनाइ थियो ।

सांसद पन्तले हालै भएको एक झडपमा क्याम्पस प्रमुख नै दुर्व्यवहारमा परेको तथा केही कर्मचारी अझै प्रहरी हिरासतमा रहेको जानकारी दिए । साथै केही कर्मचारीलाई सेवाबाट हटाइएको अवस्थासमेत रहेको उनले बताए ।

उनले सम्माननीय सभामुखमार्फत नेपाल सरकार तथा सम्बन्धित नियामक निकायलाई यथाशीघ्र छानबिन समिति गठन गरी सामुदायिक क्याम्पसको मर्मअनुसारको विधान लागू गर्दै पठनपाठन पूर्ण रूपमा सञ्चालन गराउन माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...