Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

हरिखेतानकाे विवाद समाधान गर्न छानबिन समिति गठन गर्न सांसद पन्तकाे माग

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हरि पन्तले वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा देखिएको विवाद समाधान गर्न सरकारसँग छानबिन समिति गठनको माग गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले २०३८ सालमा स्थापना भएको हरिखेतान सामुदायिक क्याम्पस अहिले झडपस्थलमा परिणत भएको भन्दै चिन्ता व्यक्त गरे । उनले क्याम्पसमा करिब चार हजार विद्यार्थी तथा १५० प्राध्यापक र कर्मचारी कार्यरत रहेको उल्लेख गर्दै दैनिकजसो हुने नाराजुलुस र झडपका कारण विद्यार्थीहरूको भविष्य अन्योलमा परेको बताए ।

उनका अनुसार गुठी संस्थानको जग्गामा निर्माण गरिएको क्याम्पसमा निर्माण सामग्री उपलब्ध गराउन आर्थिक सहयोग गरेका केही दाता परिवारसँग सम्बन्धित व्यक्तिहरूले पटक–पटक क्याम्पसको मूल विधान संशोधन गर्दै आएको आरोप लगाए । यसले सामुदायिक क्याम्पस निजीकरणतर्फ उन्मुख भएको आभास पैदा गरेको उनको भनाइ थियो ।

सांसद पन्तले हालै भएको एक झडपमा क्याम्पस प्रमुख नै दुर्व्यवहारमा परेको तथा केही कर्मचारी अझै प्रहरी हिरासतमा रहेको जानकारी दिए । साथै केही कर्मचारीलाई सेवाबाट हटाइएको अवस्थासमेत रहेको उनले बताए ।

उनले सम्माननीय सभामुखमार्फत नेपाल सरकार तथा सम्बन्धित नियामक निकायलाई यथाशीघ्र छानबिन समिति गठन गरी सामुदायिक क्याम्पसको मर्मअनुसारको विधान लागू गर्दै पठनपाठन पूर्ण रूपमा सञ्चालन गराउन माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...