Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

प्रहरी निरीक्षक श्यामसुन्दर यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

spot_img
spot_img

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय कर्मचारी प्रशासन शाखा वीरगंज दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निरीक्षक श्यामसुन्दर यादव २०८३ वैशाख महिनाको “BEST POLICE OF THE MONTH” घोषित भएका छन् ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै यादवलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

प्रहरी निरीक्षक यादवले मिति २०८३ वैशाख १० गते धुलिखेल नगरपालिका–१२ पिप्लेमा बलराम तामाङ र रञ्जु तामाङको घरमा खानतलासी गर्ने क्रममा लागुऔषध गाँजाको बोटसहित १८ केजी २१ ग्राम गाँजा तथा २१० ग्राम पोल्याण्ड बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएका थिए ।

त्यसैगरी, मिति २०८२ चैत १३ गते नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा फसेको ईभी गाडी र मोटरसाइकलमा रहेका सात जना यात्रुको सफल उद्धारमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रहरी निरीक्षक यादवको कमाण्डमा खटिएको टोलीले खोलाको बीचमा ढुंगामाथि फसेका यात्रुलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।

कर्तव्यनिष्ठ, इमान्दार तथा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रहरी निरीक्षक यादवलाई “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...