Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

अदालतको अवहेलना मुद्दामा जाफर र मंजरुलहकलाई लिखित जवाफ पेश गर्न आदेश

spot_img
spot_img

वीरगंज । राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पति संरक्षण मञ्च पर्साका अध्यक्ष ७३ वर्षीय जाफर अन्सारी र महासचिव ६३ वर्षीय मंजरुलहक मियाँ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

गत वैशाख ३० गते अधिवक्ता प्रभाकर मण्डलले दायर गरेको मुद्दा नम्बर ०८२ एपी ०६४१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र शान्ति सिंह थापाको संयुक्त इजलासले पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

सर्वोच्च अदालतले जेठ ४ गते जारी गरेको आदेशमा प्रेस विज्ञप्ति प्रकाशन तथा प्रसारणमार्फत अदालतको मर्यादा, निष्पक्षता र न्याय प्रशासनमा प्रतिकूल असर पर्ने कार्य गरिएको भन्दै अदालतको अवहेलना कारबाहीको माग गरिएको उल्लेख छ ।

आदेशमा “निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना प्राप्त भएको सात दिनभित्र आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू” भनिएको छ ।

उक्त विवाद नेशनल मेडिकल कलेज सम्बन्धी पुरानो कानुनी विवादसँग जोडिएको छ । सर्वोच्च अदालतमा २०५६ सालमा दायर उत्प्रेषणयुक्त प्रतिषेध रिटमा नेशनल मेडिकल प्रालिले शिक्षा मन्त्रालय तथा उच्च प्राविधिक शिक्षा तथा अनुमति समितिबाट प्राप्त गरेको अनुमति सम्बन्धी विषय उठाइएको थियो ।

मुद्दाअनुसार नेपाल मुस्लिम वेलफेयर सोसाइटीले उपलब्ध गराएको मनसायपत्रको अनधिकृत प्रयोग गरी नेशनल मेडिकल कलेज प्रालि दर्ता गरिएको दाबी गर्दै संस्थामा आफ्नो हक पुनःस्थापना गर्न माग गरिएको थियो ।

तर सर्वोच्च अदालतबाट नेपाल मुस्लिम वेलफेयर सोसाइटीको पक्षमा फैसला नभएपछि काठमाडौं जिल्ला अदालतमा दायर जालसाजी मुद्दामा पनि वादीको दाबी नपुग्ने फैसला भएको उल्लेख गरिएको छ । उक्त फैसला पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगे पनि निवेदनको निस्सा नपाएको र अन्ततः अदालतको फैसला विपक्षीकै पक्षमा रहेको मुद्दामा जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...