Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

अदालतको अवहेलना मुद्दामा जाफर र मंजरुलहकलाई लिखित जवाफ पेश गर्न आदेश

spot_img
spot_img

वीरगंज । राष्ट्रिय सम्पदा तथा सार्वजनिक सम्पति संरक्षण मञ्च पर्साका अध्यक्ष ७३ वर्षीय जाफर अन्सारी र महासचिव ६३ वर्षीय मंजरुलहक मियाँ विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

गत वैशाख ३० गते अधिवक्ता प्रभाकर मण्डलले दायर गरेको मुद्दा नम्बर ०८२ एपी ०६४१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेलशान्ति सिंह थापाको संयुक्त इजलासले पत्र प्राप्त भएको मितिले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

सर्वोच्च अदालतले जेठ ४ गते जारी गरेको आदेशमा प्रेस विज्ञप्ति प्रकाशन तथा प्रसारणमार्फत अदालतको मर्यादा, निष्पक्षता र न्याय प्रशासनमा प्रतिकूल असर पर्ने कार्य गरिएको भन्दै अदालतको अवहेलना कारबाहीको माग गरिएको उल्लेख छ ।

आदेशमा “निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना प्राप्त भएको सात दिनभित्र आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू” भनिएको छ ।

उक्त विवाद नेशनल मेडिकल कलेज सम्बन्धी पुरानो कानुनी विवादसँग जोडिएको छ । सर्वोच्च अदालतमा २०५६ सालमा दायर उत्प्रेषणयुक्त प्रतिषेध रिटमा नेशनल मेडिकल प्रालिले शिक्षा मन्त्रालय तथा उच्च प्राविधिक शिक्षा तथा अनुमति समितिबाट प्राप्त गरेको अनुमति सम्बन्धी विषय उठाइएको थियो ।

मुद्दाअनुसार नेपाल मुस्लिम वेलफेयर सोसाइटीले उपलब्ध गराएको मनसायपत्रको अनधिकृत प्रयोग गरी नेशनल मेडिकल कलेज प्रालि दर्ता गरिएको दाबी गर्दै संस्थामा आफ्नो हक पुनःस्थापना गर्न माग गरिएको थियो ।

तर सर्वोच्च अदालतबाट नेपाल मुस्लिम वेलफेयर सोसाइटीको पक्षमा फैसला नभएपछि काठमाडौं जिल्ला अदालतमा दायर जालसाजी मुद्दामा पनि वादीको दाबी नपुग्ने फैसला भएको उल्लेख गरिएको छ । उक्त फैसला पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगे पनि निवेदनको निस्सा नपाएको र अन्ततः अदालतको फैसला विपक्षीकै पक्षमा रहेको मुद्दामा जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...