Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

spot_img
spot_img

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै आएको ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण पर्सा जिल्लाबाट सुरु भएको छ।

विद्यार्थीहरूमा कानुनी सचेतना अभिवृद्धि गर्ने, नेपालको संविधान तथा कानुनी व्यवस्थाबारे जानकारी गराउने र उनीहरूलाई आफ्नो अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत कार्तिक ९ गतेदेखि पर्सा जिल्लामा कार्यक्रम सुरु गरिएको हो।

अभियानको पहिलो दिन टिम पर्साले जिल्लाका चारवटा विद्यालयमा छवटा कानुनी सचेतनामूलक सत्र सञ्चालन गरेको छ। साउथजोन सेकेन्डरी स्कुलमा तीनवटा, गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा एउटा, हिमालयन पिरामिड सेकेन्डरी स्कुलमा एउटा र मेरिगोल्ड सेकेन्डरी स्कुलमा एउटा सत्र सञ्चालन गरिएको थियो। पहिलो दिनको कार्यक्रममा २५० भन्दा बढी विद्यार्थीलाई कानुनी सचेतना प्रदान गरिएको टिम पर्साका संयोजक रवि मिश्रले जानकारी दिए।

कार्यक्रममा टिम पर्साका स्रोत व्यक्तिहरू रवि मिश्र, किरण गुप्ता, आदर्श गुप्ता, अलोक शर्मा, जय गुप्ता, सुरज शाह, रोशन यादव र प्रियंका शाहले सहजीकरण गरेका थिए।

अभियानको मुख्य उद्देश्य विद्यार्थीहरूलाई नेपालको संविधान, मौलिक हक, कानुनी प्रावधान तथा नागरिकका अधिकार र कर्तव्यबारे जानकारी प्रदान गर्नु रहेको छ। यसका साथै विद्यार्थीहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास, संसदीय अभ्यास तथा लोकतान्त्रिक प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने लक्ष्यसमेत अभियानले लिएको छ।

कानुनी शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक जीवनसँग जोड्ने प्रयासस्वरूप सञ्चालन हुँदै आएको यस अभियानले विद्यार्थीहरूलाई कानुन बुझ्न, आफ्ना अधिकार पहिचान गर्न र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

पहिलो दिन नै उत्साहजनक सहभागिता देखिएपछि टिम पर्साले आगामी दिनमा पनि जिल्लाका विभिन्न विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। अभियानमार्फत विद्यार्थीहरूमा कानुनी सचेतना विस्तार गर्दै सचेत, जिम्मेवार र सक्षम नागरिक निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...