Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको माग गर्दै पत्रकार महासंघ पर्सामा ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले मंगलबार महासंघ नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन प्रक्रिया अघि बढाई अयोग्य तथा विधानविपरीत सदस्यता लिएका व्यक्तिहरूलाई हटाउन माग गरेका छन् । साथै विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने माग पनि समितिले गरेको छ ।

समितिले तीन दिनभित्र सदस्यता छानबिन तथा नयाँ सदस्यता वितरणका लागि आवश्यक पहल नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

ज्ञापनपत्रमा लोकतान्त्रिक व्यवस्था र नागरिकको भरोसाको संस्थाका रूपमा रहेको नेपाल पत्रकार महासंघले आफ्नो मर्यादा जोगाउन विधान, विधि र पद्धतिअनुसार अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।

समितिले २०७२ माघ १४ गते शाखाका पूर्वअध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा पूर्वअध्यक्षहरू सम्मिलित कार्यदलले तयार पारेका सात वटा मापदण्डमा नपर्ने सदस्यहरूलाई सदस्यताबाट वञ्चित गरिएको स्मरण गराउँदै विगतका दुई कार्यकालमा सञ्चालन गरिएको शुद्धीकरण अभियानलाई निरन्तरता दिन माग गरेको हो ।

समितिले वीरगंजस्थित महासंघ कै कार्यालयमा पुगेर महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापन पत्र बुझाइएकोहाे । उक्त अवसरमा संघर्ष समितिका सहसंयोजक शेखर छतकुल्ली, सदस्यहरू आशिक अन्सारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल, बलिराम यादवलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी ज्ञापनपत्र बुझ्ने क्रममा महासंघका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजीव कुमार मिश्र तथा सहसचिव एस.के. चौरसियाको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...