Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सदस्यता शुद्धीकरण र नयाँ सदस्यता वितरणको माग गर्दै पत्रकार महासंघ पर्सामा ज्ञापन

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठित संघर्ष समितिले मंगलबार महासंघ नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिका संयोजक अनुप तिवारीले वर्तमान कार्यसमितिले विगतमा जस्तै छानबिन प्रक्रिया अघि बढाई अयोग्य तथा विधानविपरीत सदस्यता लिएका व्यक्तिहरूलाई हटाउन माग गरेका छन् । साथै विधानअनुसार सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने माग पनि समितिले गरेको छ ।

समितिले तीन दिनभित्र सदस्यता छानबिन तथा नयाँ सदस्यता वितरणका लागि आवश्यक पहल नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

ज्ञापनपत्रमा लोकतान्त्रिक व्यवस्था र नागरिकको भरोसाको संस्थाका रूपमा रहेको नेपाल पत्रकार महासंघले आफ्नो मर्यादा जोगाउन विधान, विधि र पद्धतिअनुसार अघि बढ्नुपर्ने उल्लेख गरिएको छ ।

समितिले २०७२ माघ १४ गते शाखाका पूर्वअध्यक्ष सत्रुधन नेपालको संयोजकत्वमा पूर्वअध्यक्षहरू सम्मिलित कार्यदलले तयार पारेका सात वटा मापदण्डमा नपर्ने सदस्यहरूलाई सदस्यताबाट वञ्चित गरिएको स्मरण गराउँदै विगतका दुई कार्यकालमा सञ्चालन गरिएको शुद्धीकरण अभियानलाई निरन्तरता दिन माग गरेको हो ।

समितिले वीरगंजस्थित महासंघ कै कार्यालयमा पुगेर महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापन पत्र बुझाइएकोहाे । उक्त अवसरमा संघर्ष समितिका सहसंयोजक शेखर छतकुल्ली, सदस्यहरू आशिक अन्सारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल, बलिराम यादवलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी ज्ञापनपत्र बुझ्ने क्रममा महासंघका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजीव कुमार मिश्र तथा सहसचिव एस.के. चौरसियाको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...