Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

दुई मुद्दामा म्याद थप गरी दुर्गा प्रसाईँमाथि अनुसन्धान, रिहाइको माग गर्दै समर्थकको प्रदर्शन

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँमाथि दुई वटा मुद्दामा प्रहरीले म्याद थप गरेकाे छ । झापाको विर्तामोड नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ मा बसोबास गर्दै प्रसाईँलाई पर्सा प्रहरीले साेमबार राति नियन्त्रणमा लिएकाे थियाे ।

वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ परेका प्रसाईँविरुद्ध विधुतीय कराेबार ऐन र राज्य विरुद्धकाे कसुरमा पर्सा जिल्ला अदालतबाट ३ दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

वीरगंजको मुख्य सडक विस्तार अभियान अन्तर्गत सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी कार्यको विरोध गर्दै प्रसाईँले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ । सोमबार वीरगंज आएका प्रसाईँले भत्काइएका घरधनीहरुलाई बैंकको ऋण नतिर्न आग्रह गरेको विषयलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको जनाएको छ ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पनि प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ । प्रहरीका अनुसार प्रसाईँले सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति तथा सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुग्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने तथा नेपाल सरकारप्रति अवहेलना हुने किसिमका अमर्यादित र अस्वस्थ आलोचनात्मक अभिव्यक्ति दिएको आरोप छ।

सोमबार वीरगंज पुगेका प्रसाईँको मंगलबार बिहान वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय गरिएको थियो । तर त्यसअघि नै उनलाई होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरुले सोमबार राति र मंगलबार विहान पनि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए । उनकाे रिहाईकाे माग गर्दै उनका समर्थकहरुले सामबार रातिदेखि नै प्रदर्शन गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...