Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

दुई मुद्दामा म्याद थप गरी दुर्गा प्रसाईँमाथि अनुसन्धान, रिहाइको माग गर्दै समर्थकको प्रदर्शन

spot_img
spot_img

वीरगंज । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँमाथि दुई वटा मुद्दामा प्रहरीले म्याद थप गरेकाे छ । झापाको विर्तामोड नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ मा बसोबास गर्दै प्रसाईँलाई पर्सा प्रहरीले साेमबार राति नियन्त्रणमा लिएकाे थियाे ।

वीरगंजस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ परेका प्रसाईँविरुद्ध विधुतीय कराेबार ऐन र राज्य विरुद्धकाे कसुरमा पर्सा जिल्ला अदालतबाट ३ दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

वीरगंजको मुख्य सडक विस्तार अभियान अन्तर्गत सडक क्षेत्रमा बनेका संरचना हटाउने सरकारी कार्यको विरोध गर्दै प्रसाईँले सरकारविरुद्ध जनतालाई उक्साउने गतिविधि गरेको आरोप प्रहरीले लगाएको छ । सोमबार वीरगंज आएका प्रसाईँले भत्काइएका घरधनीहरुलाई बैंकको ऋण नतिर्न आग्रह गरेको विषयलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको जनाएको छ ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पनि प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ । प्रहरीका अनुसार प्रसाईँले सामाजिक सञ्जालमार्फत विभिन्न जातजाति तथा सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुग्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने तथा नेपाल सरकारप्रति अवहेलना हुने किसिमका अमर्यादित र अस्वस्थ आलोचनात्मक अभिव्यक्ति दिएको आरोप छ।

सोमबार वीरगंज पुगेका प्रसाईँको मंगलबार बिहान वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय गरिएको थियो । तर त्यसअघि नै उनलाई होटलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरुले सोमबार राति र मंगलबार विहान पनि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए । उनकाे रिहाईकाे माग गर्दै उनका समर्थकहरुले सामबार रातिदेखि नै प्रदर्शन गरिरहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...