Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

दुर्गा प्रसाईं वीरगंजमा, मंगलबार गहवामाई दर्शन गर्ने

spot_img
spot_img

वीरगंज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं साेमबार वीरगंज आइपुगेका छन् । उनको आगमनसँगै वीरगंज तथा आसपासका क्षेत्रमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रसाईं वीरगंज आउने क्रममा सिमरा विमानस्थलमा उनका समर्थकहरूले भव्य स्वागत गरेका थिए । विमानस्थल परिसरमा समर्थकहरूले फूलमाला, नाराबाजी तथा स्वागत कार्यक्रममार्फत प्रसाईंप्रति समर्थन व्यक्त गरेका थिए ।

वीरगंज प्रवेशपछि विभिन्न स्थानमा उनका समर्थकहरूको चहलपहल बढेको देखिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन तथा सुरक्षा निकायले वीरगंजका मुख्य क्षेत्रहरूमा निगरानी बढाएको स्रोतहरूले बताएका छन् ।

प्रसाईं निकट स्रोतका अनुसार उनले साेमबार वीरगंजवासीसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय गरेका छन् । साथै साेमबार राति उनी सिद्धार्थ डियालो होटलमा बसेका छन् ।

त्यसैगरी मंगलबार बिहान १२:३० बजे वीरगंजको प्रसिद्ध धार्मिक स्थल गहवामाई मन्दिरमा पूजा–पाठ गर्ने कार्यक्रम रहेको बताइएको छ । उनी बसेको होटलबाट समर्थकहरूसँग पैदल यात्रा गर्दै मन्दिर दर्शनका लागि जाने कार्यक्रम तय गरिएको छ ।

पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक मुद्दामा सक्रिय रहँदै आएका प्रसाईंको वीरगंज भ्रमणलाई उनका समर्थकहरूले विशेष महत्वका साथ हेरेका छन् । यद्यपि, उनको भ्रमणको औपचारिक उद्देश्यबारे विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...

सखुवा प्रसौनीको खाता खोल्न उपाध्यक्ष शर्मिलाको गाउँपालिका अध्यक्ष यादवलाई आग्रह

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भइसके पनि गाउँपालिकाको खाता सञ्चालन हुन नसकेको भन्दै गाउँपालिका...