Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पर्सामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ ८ देखि, १४ पालिकाका खेलाडी सहभागी हुने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता जेठ ८, ९ र १० गतेसम्म वीरगंजस्थित नारायणी रंगशालामा सञ्चालन हुने समितिले जनाएको छ ।

विद्यालय तहका खेलाडीहरूको सहभागितामा आयोजना हुन लागेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दोलगायत विभिन्न खेल समावेश गरिएका छन् । प्रतियोगितामा जिल्लाका १४ वटै स्थानीय तहबाट खेलाडीहरूको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न पालिका प्रतिनिधि तथा खेलप्रेमीहरूलाई उत्साहजनक सहभागिताका लागि समितिले अनुरोध गरेको छ ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो । बैठकमा पर्सा जिल्ला खेलकुद विकास समितिका प्रमुख महम्द नाजिर हुसेन, पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, श्रीजंग गण वीरगंजका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्की तथा नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादवलगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...