Date
मङ्ल, मंसिर ८, २०८३
Tue, November 24, 2026

१० महिनामा वीरगंज भन्सारद्वारा एक खर्ब ९९ अर्ब राजस्व संकलन

spot_img
spot_img

वीरगंज । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार विभागले कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि हालसम्म लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व उठेको हो ।

कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो । यस्तै कात्तिकमा १७ अर्ब ३३ करोड, मंसिरमा २० अर्ब ८० करोड तथा पुसमा २० अर्ब २० करोड रुपैयाँ राजस्व उठेको जनाएको छ ।

त्यसैगरी माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

उदयसिंह विष्टले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन भइरहेकाले अवस्था सन्तोषजनक रहेको बताए ।

भन्सार विभागले कार्यालयलाई चालु आवभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । आर्थिक वर्षको अझै दुई महिना बाँकी रहेकाले थप राजस्व संकलन हुने अपेक्षा कार्यालयले गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा एउटै किसान परिवारका तीन दाजुबहिनी बने सरकारी कर्मचारी

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका–१ धोरेका एक सामान्य किसान परिवारका तीन दाजुबहिनी निजामती सेवामा प्रवेश गर्न सफल भएका छन् । सीमित आर्थिक स्रोत...

कालिकामाईका ६ समस्या समाधान गर्न प्रशासनमा ज्ञापनपत्र

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–१ का स्थानीयवासीले वडाका विभिन्न समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् । स्थानीय सन्देश यादव र...

कर दिवसकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ को अवसरमा आन्तरिक राजश्व कार्यालय वीरगंज, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन्...