Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

डिजिटल व्यवसाय सेवासम्बन्धी साना तथा मझौला उद्यम सशक्तीकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका साना तथा मझौला उद्यमलाई डिजिटल माध्यममार्फत व्यवसाय प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले हेल्भेटास नेपालद्वारा आयोजित “डिजिटल व्यवसाय सेवासम्बन्धी साना तथा मझौला उद्यम सशक्तीकरण– मधेश प्रदेश” कार्यक्रको पहिलो सत्र सम्पन्न भएको छ ।

वीरगंजस्थित होटल हिमालमा आयोजित कार्यक्रममा “ब्रान्डको डिजिटल उपस्थिति सम्बन्धी अभिमुखीकरण” विषयमा सहभागी उद्यमीहरूलाई व्यवसायको डिजिटल उपस्थिति, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल ब्रान्डिङ तथा अनलाइन बजार विस्तारसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा हेल्भेटास नेपालको आईएन इलाम परियोजनाका टोली प्रमुख सन्दीप पौडेलले सहजीकरण गर्दै डिजिटल माध्यममार्फत व्यवसायलाई प्रतिस्पर्धात्मक तथा प्रभावकारी बनाउन सकिने विषयमा प्रशिक्षण दिएका थिए ।

मधेश प्रदेशका विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा कम्पनीका प्रतिनिधिसहित कुल ३० जना सहभागी रहेको कार्यक्रममा स्थानीय उद्यमी, नवप्रवर्तन व्यवसाय प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा डिजिटल साझेदारका रूपमा अष्टा ट्राइब प्रालि, कार्यक्रम साझेदारका रूपमा नेक्स्ट जेन इभेन्ट्स प्रालि तथा सहयोगी साझेदारका रूपमा हेल्भेटास नेपाल रहेका थिए ।

कार्यक्रममा बोल्दै आयोजकहरूले वर्तमान प्रतिस्पर्धात्मक बजारमा साना तथा मझौला उद्यमका लागि डिजिटल प्लेटफर्मको प्रयोग अत्यन्त आवश्यक भइसकेको बताएका थिए ।

डिजिटल माध्यममार्फत स्थानीय उत्पादन तथा सेवाहरूलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्न सकिने र व्यवसायको दीर्घकालीन वृद्धि सम्भव हुने विषयमा समेत छलफल गरिएको थियो ।

आयोजकका अनुसार यस पहलमार्फत मधेश प्रदेशका साना तथा मझौला उद्यमलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउँदै व्यवसायिक क्षमता अभिवृद्धि तथा बजार पहुँच विस्तारमा सहयोग पुर्‍याइनेछ । आगामी दिनहरूमा पनि यस्ता विभिन्न कार्यक्रम, डिजिटल सहयोग गतिविधि तथा उद्यम विकाससम्बन्धी पहलहरू सञ्चालन गरिने जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...