Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

नेपालीलाई क्यासिनो प्रवेश रोक्न पर्यटन विभागको निर्देशन

spot_img
spot_img

वीरगंज । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई खेल खेलाएको गुनासो बढ्न थालेपछि पर्यटन विभागले पर्सासहित विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई कडा निगरानी गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी तथा स्थलगत अनुगमन गर्न आग्रह गरेको हो । विभागले प्रचलित कानुनविपरीत नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउन नदिन विशेष सतर्कता अपनाउन निर्देशन दिएको जनाएको छ ।

गत शनिबार राति वीरगंजका विभिन्न क्यासिनोमा प्रहरीले छापामारी गरी ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने तथा इजाजतपत्रमा उल्लेख नभएका अवैध खेलसमेत सञ्चालन गरिरहेको गुनासो आएपछि विभागले निगरानी कडा बनाएको हो ।

मंगलबार संघीय संसद्को प्रतिनिधिसभा बैठकमा बारा–४ का प्रतिनिधिसभा सदस्य रहबर अंसारी ले नेपालीहरू निर्वाध रूपमा क्यासिनो प्रवेश गरिरहेको विषय उठाएका थिए। उनले विशेषगरी सिमराका क्यासिनोमा दैनिक नेपाली युवाहरू प्रवेश गरिरहेको बताएका थिए ।

पर्यटन विभागका निर्देशक हिमाल गौतम द्वारा हस्ताक्षरित निर्देशनात्मक पत्र पर्सासहित बारा, झापा, मोरङ, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ अनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको छ। साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा नियमावली, २०८१ लगायतका कानुनको पूर्ण पालना गर्नुपर्ने व्यवस्था रहेको विभागले उल्लेख गरेको छ।

विभागले जिल्ला प्रशासन कार्यालयहरूलाई कानुनविपरीत नेपालीको अवैध प्रवेश वा अन्य गतिविधि भेटिएमा तत्काल कानुनी कारबाही गरी विभागलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...