Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

अधिवक्ता स्वेता सरितलाई अर्चना गुप्ता स्मृति पुरस्कार प्रदान गरिने

spot_img
spot_img

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल पर्साद्वारा स्थापित “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” यस वर्ष पर्साको पोखरिया नगरपालिका–४ निवासी अधिवक्ता स्वेता सरितलाई प्रदान गरिने भएको छ।

महासंघ पर्साका सचिव चन्देश चौहानका अनुसार स्वर्गीय अर्चना गुप्ताको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार दोस्रो वर्ष महिला अधिकार तथा सामाजिक क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकी अधिवक्ता सरितलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

सरितले विगत दुई दशकदेखि विभिन्न गैरसरकारी संघसंस्थामार्फत महिला अधिकार, महिला सशक्तिकरण तथा बालबालिकासम्बन्धी विषयमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । समाजमा रहेका विकृति तथा विसंगतिविरुद्ध इमान्दारीपूर्वक काम गर्दै महिला अधिकारका सवालमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ ।

गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा बुधबार बसेको बैठकले अधिवक्ता सरितलाई एक विशेष कार्यक्रमबीच दोस्रो “स्वर्गीय अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” प्रदान गर्ने निर्णय गरेको हो । अध्यक्ष साहका अनुसार पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ ।

स्वर्गीय अर्चना गुप्ता गैरसरकारी संस्था महासंघ नेपाल पर्साकी कार्यसमिति सदस्य समेत रहेकी थिइन् । उनको ४० वर्षको उमेरमा २०८१ वैशाख ९ गते असामयिक निधन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...