Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

पटेर्वासुगौलीमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण, २८० लाभान्वित

spot_img
spot_img

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वासुगैलीमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज पन्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीले गरेका थिए ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ स्थित विद्यालयमा भएको शिविरबाट विद्यार्थी तथा शिक्षक गरी करिब २८० जना लाभान्वित भएका आयोजकले जनाएको छ । आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष वासु पन्जियार, विद्यालयका प्रधानाध्यापक रामाशंकर चौधरी तथा जिल्ला कार्यसमिति सदस्य मधुसूदन उपाध्याय लगायत सहभागी भएका थिए ।

कार्यक्रमपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले नेपाल नेत्रज्योति परिवारप्रति धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।

शिविरमा वरिष्ठ नेत्र सहायक शिवशंकर प्रसाद, कौशल कुमार कर्ण तथा नेत्र सहायक अञ्जली चौधरीले प्राविधिक सहयोग गरेको नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...