Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

पटेर्वासुगौलीमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण, २८० लाभान्वित

spot_img
spot_img

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वासुगैलीमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज पन्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीले गरेका थिए ।

पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ स्थित विद्यालयमा भएको शिविरबाट विद्यार्थी तथा शिक्षक गरी करिब २८० जना लाभान्वित भएका आयोजकले जनाएको छ । आवश्यकता अनुसार निःशुल्क औषधि तथा चश्मा समेत वितरण गरिएको थियो ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष वासु पन्जियार, विद्यालयका प्रधानाध्यापक रामाशंकर चौधरी तथा जिल्ला कार्यसमिति सदस्य मधुसूदन उपाध्याय लगायत सहभागी भएका थिए ।

कार्यक्रमपछि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूले नेपाल नेत्रज्योति परिवारप्रति धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरेका थिए ।

शिविरमा वरिष्ठ नेत्र सहायक शिवशंकर प्रसाद, कौशल कुमार कर्ण तथा नेत्र सहायक अञ्जली चौधरीले प्राविधिक सहयोग गरेको नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...