Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

अखाद्य मासु बिक्री गर्ने दुई व्यवसायीलाई ४० हजार जरिवाना

spot_img
spot_img

वीरगंज । पर्सा प्रशासनद्वारा वीरगंजका विभिन्न मासु पसलमा गरिएको अनुगमनका क्रममा अखाद्य मासु बिक्री तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएपछि दुई व्यवसायीलाई जरिवाना गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार मंगलबार संयुक्त अनुगमन टोलीले वीरगंजका विभिन्न स्थानमा रहेका मासु पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा वीरगंज महानगरपालिका–१२ स्थित “दिलसाद फ्रेस मिट हाउस” ले मासुमा अखाद्य रंग मिसाएको तथा मूल्य सूची नराखेको पाइएपछि उक्त पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

त्यसैगरी, वीरगंज महानगरपालिका–१३ निवासी अफरोज अंसारीले व्यवसाय दर्ता नगरी मासु बिक्री वितरण गर्दै आएको भेटिएपछि उनलाई पनि २० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

अनुगमनका क्रममा बरामद गरिएको अखाद्य मासु जफत गरी नष्ट गरिएको प्रशासनले जनाएको छ । साथै उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका गतिविधि नगर्न व्यवसायीहरूलाई प्रशासनले चेतावनी समेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...