Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

घुससहित पक्राउ परेका विद्युत प्राधिकरणका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img
spot_img

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण अन्तर्गत वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास विरुद्ध घुस/रिसवत लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर राखी विद्युत लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा दासले चार्जिङ स्टेशन सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेपछि लाइन छाडिदिएवापत सेवाग्राहीसँग घुस रकमका लागि बार्गेनिङ गरेको तथा रकम नदिए लाइन काटिदिने धम्कीसमेत दिएको खुलेको अख्तियारले जनाएको छ ।

आयोगले दासविरुद्ध विशेष अदालत मा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै बिगो १ लाख ४० हजार रुपैयाँ कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...