Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

प्रि–प्राइमरी शिक्षकलाई अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–१२, मुर्लीस्थित विद्या सदन माध्यमिक विद्यालयमा एकदिने “प्रारम्भिक बालविकास (ईसिडी) अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

अभ्यास नेपाल शैक्षिक प्रतिष्ठान प्रा. लि. को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रि–प्राइमरी तहमा अध्यापनरत शिक्षक–शिक्षिकाहरूको उत्साहपूर्ण तथा सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रारम्भिक बालविकास शिक्षाको महत्व, बालमैत्री शिक्षण पद्धति, सिर्जनात्मक कक्षाकोठा व्यवस्थापन, प्रभावकारी शिक्षण–सिकाइ प्रक्रिया तथा बालबालिकाको समग्र विकाससँग सम्बन्धित विविध पक्षहरूबारे विस्तृत अभिमुखीकरण प्रदान गरिएको थियो।

तालिमका क्रममा सहभागी शिक्षक–शिक्षिकाहरू अत्यन्त उत्साहित देखिएका थिए। उनीहरूले यस्ता कार्यक्रमहरूले आफ्नो शिक्षण सीप, आत्मविश्वास तथा पेशागत दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

विद्यालय प्रशासनले प्रारम्भिक तहको शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएकाले यस तहका शिक्षकहरूको क्षमता विकासलाई विशेष प्राथमिकतामा राखिएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...