Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

वीरगंजमै अब मेडिकल र इञ्जिनियरिङ तयारी, फेम इन्स्टिच्युटद्वारा नयाँ भर्ना खुला

spot_img
spot_img

वीरगंज । “नाम मात्र निकाल्ने होइन, नाम कमाउने तयारी गर्नुहोस्” भन्ने नारासहित फेम इन्स्टिच्युटले वीरगंज तथा आसपासका क्षेत्रका +२ उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै मेडिकल, इञ्जिनियरिङ तथा म्यानेजमेन्ट प्रवेश तयारी कक्षाको नयाँ भर्ना अभियान सुरु गरेको छ।

संस्थाले एमबीबीएस, बीडीएस, नर्सिङ, बी.फार्मेसी, आईओई इञ्जिनियरिङ प्रवेश परीक्षा तथा सीएम्याट र म्यानेजमेन्ट तयारीसम्बन्धी विशेष कक्षा सञ्चालन गर्ने जनाएको छ । +२ परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरूलाई तयारी कक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्दै वीरगंजमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम विस्तार गरिएको संस्थाले जनाएको हो ।

संस्थाका अनुसार सीमित सिटमा मात्र कक्षा सञ्चालन हुने भएकाले इच्छुक विद्यार्थीलाई समयमै भर्ना हुन आग्रह गरिएको छ । मेडिकल, इञ्जिनियरिङ तथा म्यानेजमेन्ट प्रवेश परीक्षाका लागि अनुभवी शिक्षकद्वारा विशेष मार्गदर्शन र नियमित अभ्यास कक्षा सञ्चालन गरिने जनाइएको छ ।

“डाक्टर, इञ्जिनियर वा म्यानेजर बन्ने सपना अब आफ्नै शहरबाट सम्भव” भन्ने सन्देशसहित संस्थाले विद्यार्थीहरूको भविष्य निर्माणमा केन्द्रित कार्यक्रम अघि बढाएको जनाएको छ ।

वीरगंज महानगरपालिका–१२, पर्सास्थित नेशनल ट्रेडिङ भवनको छेउमा रहेको संस्थाले नियमित डेमो कक्षासमेत सञ्चालन गरिरहेको जानकारी दिएको छ । साथै, नाम दर्ता तथा थप जानकारीका लागि विभिन्न सम्पर्क नम्बरहरू सार्वजनिक गरिएको संस्थाले जनाएको छ ।

अध्ययनप्रति गम्भीर र प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि यो अभियान उपयोगी अवसर बन्ने विश्वास गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...