Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

पर्सामा मानव अधिकार आयोगको स्थलगत अनुगमन, अधिकार उल्लङ्घनको चिन्ता

spot_img
spot_img

वीरगंज । सरकारले देशभर सञ्चालन गरिरहेको अतिक्रमित जग्गा खाली गराउने अभियान अन्तर्गत वीरगंजमा भइरहेको मुख्य सडक (मेनरोड) विस्तार कार्यबारे राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ।

नागरिकको मानव अधिकार उल्लङ्घन भएको हुनसक्ने आशंकाबीच आयोगको जनकपुरस्थित कार्यालयका प्रमुख बुद्धनारायण साहनीको नेतृत्वमा आएको तीन सदस्यीय टोली विगत तीन दिनदेखि वीरगंजमा सक्रिय छ । टोलीले प्रभावित स्थानीय बासिन्दासँग भेटघाट, सोधपुछ तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ ।

यस क्रममा शनिबार सरोकारवालासँग छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो । टोलीले विशेषगरी सडक विस्तारका नाममा घरटहरा हटाउने क्रममा अपनाइएको प्रक्रिया, समयसीमा, प्रभावित परिवारको पुनर्स्थापना तथा राहत व्यवस्थाको अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ ।

छलफलका क्रममा आयोगका टोली प्रमुख साहनीले प्रभावितहरूलाई १२ घण्टाभन्दा कम समय दिएर घर खाली गर्न निर्देशन दिइएको विषयमा गम्भीर असन्तुष्टि रहेको बताए । प्रभावितहरूले यस्तो समयसीमा अव्यवहारिक र अमानवीय भएको गुनासो गर्दै घर भत्किएपछि बसोबास, जीविकोपार्जन र सुरक्षाको कुनै सुनिश्चितता नभएको बताएका छन् ।

साहनीले भने, “विकास निर्माणका नाममा राज्यले नागरिकको आधारभूत मानव अधिकार सुनिश्चित गर्नुपर्छ । तर यहाँ प्राप्त गुनासा र अवस्थाले त्यसतर्फ पर्याप्त ध्यान नदिएको देखिन्छ ।” उनले प्रभावितहरूको समस्या, गुनासा तथा स्थानीय निकायको भूमिकासहित विस्तृत प्रतिवेदन तयार गरी चाँडै केन्द्रीय कार्यालयमा पेश गरिने जानकारी दिए ।

कार्यक्रममा मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका जीवन न्यौपाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, बार एसोसिएसन पर्साका पूर्व अध्यक्ष अधिवक्ता कमलमोहन पोखरेल, आफन्त नेपालकी रिमा यादव लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा सडक विस्तारबाट प्रभावित घरधुरीको यकिन तथ्यांकसमेत स्पष्ट नभएको पाइएको छ । सञ्चारमाध्यममा १२०० देखि १३०० घरधुरी प्रभावित भएको उल्लेख भए पनि सडक डिभिजन कार्यालय हेटौंडा, वीरगंज महानगरपालिका लगायत निकायबाट आधिकारिक विवरण उपलब्ध नभएको टोलीले जनाएको छ ।

यसैबीच, पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनस्थित गुठीकाे जग्गा लगायतका ठाउँमा सञ्चालन भइरहेका डोजर अभियानको प्रभावबारे आयोगले समग्र अनुगमन गरिरहेको जनाएको छ । पर्साकाे घटनालाई अध्ययन गरि चाँडै प्रतिवेदन बुझाइने आयाेगका प्रमुख साहनीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...