Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

ठोरी–१ मा “जनताको घरदैलोमा डाक्टर” कार्यक्रम, २५० जनालाई निःशुल्क स्वास्थ्य सेवा

spot_img
spot_img

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नं. १ मा “जनताको घरदैलोमा डाक्टर” कार्यक्रम सम्पन्न भएको छ । प्रभु अस्पताल वीरगंजकाे सहकार्य तथा नागरिक समाज ठोरीको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमअन्तर्गत १५९ महिला र १०० पुरुष गरी जम्मा २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको आयोजकले जनाएको छ । अस्पतालसम्म पुग्न नसक्ने गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गर्दै घरदैलोमै पुगेर उपचार तथा परामर्श सेवा प्रदान गरिएको हो ।

स्थानीय सन्तोष श्रेष्ठको समन्वय तथा प्रतिनिधिसभा सदस्य टेकबहादुर शाक्यको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रभु अस्पताल वीरगंजका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. प्रयास तिमल्सिना र डा. सुरुची श्रेष्ठले बिरामीहरूको स्वास्थ्य जाँच तथा परामर्श दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद शाक्यले यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम प्रमुख दिलीप राज कार्कीले अस्पतालले केवल व्यवसायिक नभई सेवामुखी भावनाका साथ जनतासँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

ठोरी गाउँपालिकाकी अध्यक्ष गोकुली रेग्मीले दुर्गम क्षेत्रमा यस्ता कार्यक्रमको आवश्यकता औंल्याउँदै गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।

त्यसैगरी, वडा नं. १ स्थित वृद्धाश्रममा औषधि सहयोग प्रदान गर्नुका साथै १६ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परामर्श समेत गरिएको कार्यक्रम प्रमुख कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...