Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा मसाज तथा स्पा सेन्टर अनुगमन, नाबालिक प्रयोग भएको भेटियो

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन अभियान सुरु गरेको छ । मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो ।

नगर प्रहरी इन्चार्ज हरि भुषालका अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ । अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ । अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ ।

साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिए । अनुगमनका क्रममा हालसम्म दुई स्पा सेन्टरमा नाबालिका प्रयोग भएको भेटिएको छ । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी महानगरले दिएको छ ।

अहिलेसम्म करिब एक दर्जनभन्दा बढी मसाज तथा स्पा सेन्टरहरूको स्थलगत अनुगमन सम्पन्न भइसकेको जनाइएको छ । प्रारम्भिक अनुगमनका क्रममा केही स्थानमा आवश्यक कागजात अपूर्ण रहेको तथा सञ्चालन प्रक्रिया मापदण्डअनुसार नभएको पाइएको छ ।

महानगरले मापदण्ड नपुर्‍याउने तथा गैरकानुनी गतिविधिमा संलग्न व्यवसायमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ । साथै, आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिँदै व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन पहल गरिने र नागरिकलाई शंकास्पद गतिविधिबारे जानकारी गराउन आग्रह गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...