Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

विद्यासदन मावि प्याब्सनमा प्रवेश, आबद्ध विद्यालय संख्या ६१ पुग्यो

spot_img
spot_img

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) पर्साको सातौँ पूर्ण बैठकले विद्यासदन माध्यमिक विद्यालयलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ ।

जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा बसेको बिहिबार बसेकाे बैठकले संगठन विस्तार कार्यक्रम अन्तर्गत विद्यासदन माविलाई सदस्यता दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो । यस निर्णयसँगै प्याब्सन पर्सामा आबद्ध विद्यालयहरूको संख्या ६१ पुगेको छ ।

प्याब्सन वीरगंज र जिल्लास्तरीय सदस्यता अनुगमन तथा सिफारिस उपसमितिको सिफारिसका आधारमा सातौं पूर्ण बैठकले विद्यालयलाई सदस्यता प्रदान गरिएको जनाइएको छ । बैठकपछि जानकारी दिँदै जिल्ला सचिव अशोक संग्रौलाले संगठन विस्तारलाई तीव्रता दिँदै गुणस्तरीय शिक्षा प्रवद्र्धनमा जोड दिइएको बताए ।

उनका अनुसार नयाँ विद्यालयहरूलाई समेट्दै लैजानुले प्याब्सनको संस्थागत सुदृढीकरणका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै, सदस्य विद्यालयहरूबीच सहकार्य, अनुभव आदानप्रदान र नीतिगत एकरूपता कायम गर्न समेत यस्तो विस्तार महत्वपूर्ण रहने उनले उल्लेख गरे ।

प्याब्सन पर्साले आगामी दिनमा पनि सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै जिल्लाभरका निजी विद्यालयहरूलाई संगठित गर्ने लक्ष्य लिएको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...