Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

वीरगंजमा २५७०औँ बुद्ध जयन्ती भव्य रूपमा सम्पन्न, शान्ति र सद्भावको सन्देश

spot_img
spot_img

वीरगंज । वीरगंजमा विश्व शान्तिनायक भगवान बुद्धको २५७०औँ बुद्ध जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। वीरगञ्ज बौद्ध समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, बौद्ध धर्मावलम्बी तथा विभिन्न क्षेत्रका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात बुद्ध वन्दना तथा त्रिशरण मन्त्र उच्चारणसँगै गरिएको थियो। त्यसपछि वीरगञ्जको माइस्थानबाट शान्ति र्‍याली निकालिएको थियो। र्‍याली घण्टाघर, बसपार्क हुँदै भिसुवा डाँडामा पुगेर समापन गरिएको आयोजकले जनाएको छ। र्‍यालीमा सहभागीहरूले शान्ति, सहिष्णुता र मानवताको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रम संयोजक रुपेश मानन्धरको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य रहेका थिए। साथै विशिष्ट अतिथिका रूपमा समाजसेवी जसपाल सिंह, राम बहादुर लामा, वीरगञ्ज जेसिजका निवर्तमान अध्यक्ष सरोज चौरसिया, प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष सुशिला साह लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डा. शाक्यले भगवान बुद्धका उपदेश आजको विश्वका लागि अझ सान्दर्भिक रहेको बताए। उनले हिंसा, द्वन्द्व र अशान्तिबाट ग्रसित समाजलाई बुद्धको करुणा, मैत्री र मध्यम मार्गले मात्र सही दिशा दिन सक्ने उल्लेख गरे।उनले भने, “बुद्ध केवल एक धर्मका गुरु होइनन्, उहाँ सम्पूर्ण मानव जातिका मार्गदर्शक हुनुहुन्छ। बुद्धका विचारलाई व्यवहारमा उतार्न सके समाजमा शान्ति, समानता र सद्भाव कायम हुन्छ।”

डा. शाक्यले युवापुस्तालाई बुद्धका शिक्षा अध्ययन गरी नैतिकता, अनुशासन र मानवीय सेवामा प्रेरित हुन आग्रह समेत गरे।कार्यक्रम सञ्चालन बिपिसीका प्रोफेसर डा. अर्बिन्द श्रेष्ठले गरेका थिए। कार्यक्रममा सहभागीहरूले बुद्ध जयन्तीले समाजमा शान्ति र एकताको भावना अझ मजबुत बनाएको बताएका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...