Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

१० बुँदे ‘सहिदनगर घोषणा’ जारी गर्दै पैरालिगल तालिम

spot_img
spot_img

धनुषा । राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजना तथा सहिदनगर नगरपालिकासँगको समन्वयमा हरवाचरवा समुदायका १५ जना एक्टिभिस्टहरूका लागि दुई दिने पैरालिगल तालिम सम्पन्न भएको छ ।

२०८३ वैशाख १६ र १७ गतेसम्म सहिदनगर नगरपालिका वडा नं. ३ स्थित यदुकाहा बजारमा सञ्चालन भएको उक्त तालिमको उद्घाटन नगरपालिकाकी उप–प्रमुख सुनीता सिंहले गर्नुभएको थियो। तालिममा सहभागीहरूलाई संविधान, मानव अधिकार, श्रम कानुन, नागरिकता तथा भूमि अधिकार, लैङ्गिक हिंसा तथा भेदभावविरुद्धका कानुनी प्रावधानबारे जानकारी दिइनुका साथै मुद्दा दस्तावेजीकरण, कानुनी परामर्श, मेलमिलाप र सन्दर्भ सेवासम्बन्धी व्यवहारिक सीप विकासमा जोड दिइएको थियो।

तालिम समापनसँगै सहभागीहरूले “सहिदनगर घोषणा–पत्र” जारी गर्दै हरवाचरवा समुदायको अधिकार सुनिश्चितता र न्यायमा पहुँच विस्तार गर्ने १० प्रतिबद्धता तथा ५ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।

यसै अवसरमा मन्जु महराको अध्यक्षतामा १३ सदस्यीय “हरवाचरवा पैरालिगल मञ्च” गठन गरिएको छ। मञ्चको उपाध्यक्षमा रविन कुमार सदा, सचिवमा रमेश चमार र कोषाध्यक्षमा सरिता कुमारी पाशवान चयन भएका छन्।

सदस्यहरूमा बुधन महरा, ललित माँझी, श्याम सदा, सन्तोषी सदा, बर्मिलादेवी पाशवान, गुलीदेवी महरा, बनारशी महरा, पवितादेवी सदा र सुनीता कुमारी पाशवान रहेका छन्।
मञ्चले समुदायस्तरमा कानुनी सहायता, परामर्श, उजुरी व्यवस्थापन तथा सरोकारवालासँग समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ।

घोषणा–पत्रमार्फत नागरिकता तथा जन्मदर्ता जस्ता आधारभूत सेवामा पहुँच, भूमि अधिकार, सुरक्षित आवास, गुणस्तरीय शिक्षा, समान ज्याला, जातीय विभेद अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण, बालविवाह रोकथाम, रोजगारी प्रवर्द्धन तथा दाइजो प्रथा र लागुऔषध दुर्व्यसन नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

साथै, मञ्चले ७ बुँदे आचारसंहिता अपनाउँदै पारदर्शिता, जवाफदेहिता, गोपनीयता र नैतिक आचरणमा आधारित सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

तालिममा कानुनी विज्ञ सञ्जु पाण्डे, राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम बहादुर सार्की तथा सामाजिक परिचालक रामदयाल माँझीले सहजीकरण गर्नुभएको थियो। आयोजकका अनुसार यस कार्यक्रमले हरवाचरवा समुदायको न्यायमा पहुँच सुदृढ गर्दै स्थानीय तहमा दिगो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...