Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

ड्राइपोर्ट–परवानीपुर सडकमा अव्यवस्थित कोइला डिपो: धुलो प्रदूषणले स्थानीय जनजीवन प्रभावित

spot_img
spot_img

वीरगंज । वीरगंजको ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका कोइला डिपोका कारण स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन् । ड्राइपोर्ट चोकदेखि परवानीपुर प्रहरी चौकीसम्म करिब १० वटा कोइला डिपो सञ्चालनमा रहेका छन्, जसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

कोइला डिपोबाट उड्ने कालो धुलो आसपासका बस्ती र क्षेत्रभरि फैलिँदा सास फेर्न कठिन भएको स्थानीयको गुनासो छ । वीरगंज महानगरपालिका–१०, अपौनीका बिक्की सिंहका अनुसार हावामा निरन्तर प्रदूषण रहँदा दैनिक जीवन कष्टकर बन्दै गएको छ ।

स्थानीय दिनेश साहले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएको आरोप लगाए । परवानीपुर मुर्तामाई क्षेत्रमा रहेको डिपोका कारण उक्त सडकखण्डमा आवतजावत गर्न समेत कठिन भएको उनले बताए । अर्का स्थानीय श्रीराम यादवले यस्ता डिपोले मानव स्वास्थ्यसँग खेलबाड गरिरहेको र यसको प्रभाव आसपासका गाउँ मात्र नभई अन्य क्षेत्रमा समेत फैलिएको बताए ।

कोइलाको धुलो खाद्यान्न, तरकारी, फलफूल तथा खानेपानीमा मिसिने जोखिम बढेको छ, जसले खाद्य सुरक्षा र जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ । परवानीपुर चोकस्थित एक होटेल सञ्चालक शर्मिला आचार्यका अनुसार कोइलाको धुलो होटलभित्रसम्म पस्ने गरेको र ग्राहकले खाना नै नखाई फर्किने अवस्था सिर्जना भएको छ, जसले व्यवसायमा नकारात्मक असर पारेको छ ।

यस क्षेत्रका होटेल, माछामासु पसल तथा खाद्यान्न पसलहरूमा समेत प्रत्यक्ष असर परेको स्थानीय हरि चौधरीले बताए । विगतमा भारतको रक्सौल रेलवे यार्डमा अनलोड हुँदै आएको कोइला अहिले सिधै वीरगंजस्थित सुक्खा बन्दरगाहमा अनलोड हुन थालेपछि समस्या झन बढेको बताइएको छ ।

वीरगंज महानगरपालिका–२१, परवानीपुर क्षेत्रमा मोनालिसा कोइला सप्लायर्स, मुर्तामाई ढुवानी सेवा, सबुरी कोल ट्रेडिङ लगायतका कम्पनीहरू सञ्चालनमा छन् भने हरपतगन्ज, जगरनाथपुर र लालपर्सा क्षेत्रमा पनि विभिन्न कम्पनीका डिपोहरू अव्यवस्थित रूपमा चलिरहेका छन् ।

भगवती लोजिस्टिक ढुवानी सेवाका सञ्चालक रजत सचदेवा क्षेत्रीले अव्यवस्थित सञ्चालन रहेको स्वीकार गर्दै व्यवस्थापन सुधार गर्ने बताए ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले अव्यवस्थित डिपोहरूलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिने बताएका छन् । मापदण्डविपरीत सञ्चालन भएका डिपोमाथि कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...