Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सीमामा कडाइ गरेर जनतामाथि दबाब सिर्जना गरिनुहुँदैन: एमाले नेता रुपेश पाण्डेय

spot_img
spot_img

वीरगंज । सीमावर्ती क्षेत्रमा बढ्दो कडाइका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको भन्दै नेकपा (एमाले)का युवा नेता रुपेश पाण्डेयले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले तस्करी नियन्त्रण आवश्यक भए पनि त्यसकै नाममा जनताको दैनिक जीवन कठिन बनाइनु स्वीकार्य नभएको बताएका छन् ।

पाण्डेयका अनुसार सीमाञ्चलका नागरिक आर्थिक रूपमा कमजोर हुँदा सस्तो सामग्रीका लागि पारिको बजारमा निर्भर हुनुपरेको यथार्थ राज्यले बुझ्नुपर्छ । “जनताको बाध्यतालाई अपराधजस्तो व्यवहार गर्नु राज्यको संवेदनशीलतामाथिको प्रश्न हो,” उनले भने।

उनले सीमामा आवतजावत गर्ने सबैलाई एउटै दृष्टिले हेर्ने प्रवृत्तिले समस्या झनै बढाएको बताए । “तस्करी गर्ने संगठित समूह र घरखर्च धान्न सस्तो सामान ल्याउने नागरिक फरक हुन्,” उनले भने, “नीति बनाउँदा यही भिन्नता छुट्याउन नसक्दा आम नागरिकले सास्ती भोगिरहेका छन्।”

एमाले नेता पाण्डेयले तस्करी नियन्त्रणका लागि कडा कदम आवश्यक रहेको बताए । उनले भने, “कर छल्ने र अवैध व्यापारमा संलग्नमाथि शून्य सहनशीलता अपनाउनुपर्छ, तर जनताको चुल्हो निभ्ने गरी कडाइ गर्नु गलत हो।”

उनले नेपाल–भारतबीचको परम्परागत रोटी–बेटी सम्बन्धमा पनि यसले नकारात्मक असर पार्न थालेको बताए। सीमामा बढ्दो तनावले सामाजिक र आर्थिक सम्बन्धमा अवरोध सिर्जना गरिरहेको उनको भनाइ छ।

सरकारले भारतीय बजारबाट सय रुपैयाँभन्दा बढीका सामग्री ल्याउँदा भन्सार महसुल अनिवार्य गर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि सीमा क्षेत्रमा असहजता बढेको छ।

पाण्डेले समाधानका लागि व्यवहारिक दृष्टिकोण अपनाउन आग्रह गर्दै भने, “तस्करी रोक्न कडाइ गरौं, तर जनताको दैनिक जीवन सहज बनाउने उपाय पनि सँगसँगै खोज्नुपर्छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...