Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

विपक्षी दलको संयुक्त बैठक: अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तुरुन्त बोलाउन माग

spot_img
spot_img

काठमाडौं । विपक्षी दलहरूले सरकारले हालै ल्याएका विभिन्न अध्यादेशहरूको कडा विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका छन्। आज वैशाख १६ गते बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारको कदमलाई असंसदीय र अलोकतान्त्रिक भन्दै भत्सर्ना गरेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधि सरस्वती लामा सहभागी थिए।

बैठकले सरकारले वैशाख १४ र १५ गते विभिन्न अध्यादेशहरू—संवैधानिक परिषदसम्बन्धी ऐन, सहकारी ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य कानुन संशोधनसम्बन्धी अध्यादेश—राष्ट्रपतिसमक्ष सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ। संसद अधिवेशन आह्वान गरेर तत्काल स्थगन गर्दै अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीविपरीत भएको बैठकको निष्कर्ष छ।

विपक्षी दलहरूले ती अध्यादेशहरू अविलम्ब फिर्ता लिन सरकारसँग माग गर्दै राष्ट्रपतिलाई समेत संसद छल्ने उद्देश्यले सिफारिस गरिएका अध्यादेशहरू स्वीकृत नगर्न आग्रह गरेका छन्। साथै, स्थगित संघीय संसदको अधिवेशन तुरुन्त आह्वान गर्न पनि जोडदार माग गरिएको छ।

बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै लोकतान्त्रिक प्रक्रिया र संसदीय मर्यादाको सम्मान गर्न आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...