Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

८ वर्षदेखि सडक निर्माण अलपत्र: निर्माण कार्य तत्काल सम्पन्न गर्न र दोषीमाथि कारबाही गर्न माग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका–२० हरपतगञ्जका स्थानीयवासीहरूले ठेकेदारको लापरवाहीका कारण ८ वर्षदेखि सडक निर्माण कार्य अलपत्र परेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

स्थानीयका अनुसार ८ वर्षअघि भएको ठेका सम्झौताअनुसार निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अधुरै रहेको छ । यसले दैनिक जनजीवन प्रभावित हुनुका साथै विकास निर्माणप्रति निराशा बढाएको उनीहरूको गुनासो छ । समस्या समाधानको माग गर्दै स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले निर्माण कार्य तत्काल सम्पन्न गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यता, वीरगञ्ज महानगर क्षेत्रभित्रका सडक निर्माण कार्य बजेट अभाव र विभिन्न अवरोधका कारण अघि बढ्न सकेको छैन। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले करिब १७ करोड रुपैयाँ बराबरको बिल हालसम्म भुक्तानी नगर्दा निर्माण कम्पनीको काम प्रभावित भएको जनाइएको छ।

निर्माण कम्पनी स्वच्छन्द–पप्पु–युनाइटेड बिल्डर्स संयुक्त उपक्रमका प्रतिनिधि प्रभु साहका अनुसार २०७५ असार ९ गते १७ वटा सडक निर्माणको जिम्मा लिइएको भए पनि हालसम्म १२ वटा सडक मात्र निर्माण गरिएको छ, जुन करिब ७५ प्रतिशत काम सम्पन्न भएको अवस्था हो।

उनका अनुसार बाँकी ३ वटा सडक निर्माणमा विभिन्न अवरोध छन्। साइट क्लियर नभएको, घर–टहरा नहटाइएको, सडक क्षेत्रमा ५३६ विद्युत् पोल रहेको तथा केही स्थानमा स्थानीयले अदालतबाट अन्तरिम आदेश ल्याएका कारण काम अघि बढ्न नसकेको हो।

सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार बिल पेश भएको ३० दिनभित्र भुक्तानी गर्नुपर्ने प्रावधान भए पनि लामो समयसम्म रकम नपाउँदा निर्माण कार्य ठप्प भएको कम्पनीको गुनासो छ।

ठेक्का लागेको ३ वर्षभित्र सम्पन्न हुनुपर्ने योजना ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासी र निर्माण कम्पनी दुवै पक्ष असन्तुष्ट बनेका छन्। निर्माण कम्पनीले साइट क्लियर नभएसम्म काम अगाडि बढाउन असम्भव रहेको भन्दै सम्बन्धित निकायलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...