Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

छिपहरमाई गाउँपालिकाका कर्मचारीद्वारा दोस्रो दिन पनि धर्ना

spot_img
spot_img

वीरगंज । तलबको माग गर्दै पर्साको छिपहरमाई गाउँपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार दोस्रो दिन पनि गाउँपालिका कार्यालयमा धर्ना दिएका छन्।

गाउँपालिका तथा वडा कार्यालयहरूमा कार्यरत करारका कर्मचारीहरूले ७ महिनादेखि तलब नपाएको भन्दै सोमबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी गरी धर्ना सुरु गरेका हुन् । कर्मचारीहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भिस्वास्थित गाउँ कार्यपालिकाको कार्यालय अगाडि धर्नामा बस्दै आएका छन्।

धर्नाका कारण गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ । लामो समयदेखि तलब नपाउँदा दैनिक जीवन सञ्चालनमा गम्भीर समस्या परेको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारीहरूले तलब निकासाका लागि प्रमुख प्रशासकीय अधिकृत र लेखापालसँग पटक–पटक सम्पर्क गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार गाउँपालिका र मातहतका वडा कार्यालयहरूमा कार्यरत करिब ५० जना कर्मचारी ७ महिनादेखि तलबविहीन रहेका छन्।

धर्नाका कारण गाउँपालिका कार्यालयसहित पाँचवटै वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । यसले सेवाग्राहीहरू आवश्यक सेवा लिनबाट वञ्चित हुँदै आएका छन् ।

यसैबीच, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कादिर बाबु देवानको स्थानमा संजीव कुमार साहको सरुवा भएपनि उनी हालसम्म हाजिर नभएको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...