Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सा जिल्लाकै ऐतिहासिक धरोहर पारसनाथ पोखरी अतिक्रमणमुक्त

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गुठीको अतिक्रमित जग्गामा निर्माण गरिएका घर तथा टहराहरू आइतबार डोजर प्रयोग गरी हटाइएको छ । महुवनस्थित पारसनाथ मन्दिरसँग सम्बन्धित करिब ६ विघा गुठी जग्गा ७ वटा डोजर परिचालन गरेर खाली गराइएको गुठी संस्थान वीरगंजले जनाएको छ।

गुठी संस्थानले यसअघि वैशाख १० गते सूचना जारी गर्दै श्री पारसनाथ महादेव महुवन मठ गुठीअन्तर्गत पर्ने साविक महुवन वडा नं. ५ को किता नं. २७६ मा रहेको पोखरी डिलसहितको ५ विघा १७ धुर क्षेत्रफलमा अनधिकृत रूपमा घर, टहरा लगायतका संरचना निर्माण गरी अतिक्रमण गरिएको उल्लेख गर्दै स्वेच्छाले हटाउन आग्रह गरेको थियो।

तर अतिक्रमणकारीहरूले संरचना नहटाएपछि आइतबार डोजर लगाएर खाली गराइएको गुठी संस्थान वीरगंजकी प्रमुख उर्मिला अर्चायले जानकारी दिइन्। लामो प्रयासपछि पर्सा जिल्लाकै ऐतिहासिक धरोहरका रूपमा रहेको पारसनाथ पोखरी क्षेत्रलाई अतिक्रमणमुक्त गराउन सफल भएको उनले बताइन्।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवका अनुसार गुठीको जग्गामा निर्माण गरिएका ३०० भन्दा बढी घर तथा टहराहरू हटाइएको छ। महुवनस्थित पारसनाथ मठको ५ विघा १७ धुर क्षेत्रफलमा फैलिएको अतिक्रमण आइतबार डोजरमार्फत हटाइएको उनले बताए।

अतिक्रमण हटाउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो । करिब ३०० जनाको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । लामो समयदेखि उक्त क्षेत्रमा केही परिवारले घर निर्माण गरी बसोबास गर्दै आएका थिए । केहीले बल प्रयाेग गरे लामाे समयदेखि बसाेबास गर्दै आएकाे घर डाेजरले भत्काइएकाे भन्दै आपत्ति समेत जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...