Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

spot_img
spot_img

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाए भने सैफ हसनले अविजित ४० रनको योगदान दिए।

यसअघि टसपछि पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमा समेटिएको थियो। काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो खाता खोलेको हो। काठमाडौं गोर्खाजले भने यसै खेलबाट प्रतियोगिताको सुरुवात गरेको हो।

एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुने तालिका छ।

आठ टोली सहभागी प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...