Date
शुक्र, कार्तिक २७, २०८३
Fri, November 13, 2026

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

spot_img
spot_img

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त गस्तीका क्रममा ती चौपाया नियन्त्रणमा लिएका हुन्।

भारतीय सुरक्षा स्रोतका अनुसार बिहारको मोतिहारी क्षेत्रमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीले बिहीबार बिहान करिब २:१५ बजे संयुक्त गस्तीका क्रममा चौपाया बरामद गरेका हुन्।

प्राप्त सूचनाका आधारमा खटिएको गस्ती टोलीले भारतको इनर्वा गाउँनजिकै नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४–१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा ती चौपाया फेला पारेको एसएसबीले जनाएको छ।

बरामद गरिएका चौपायामध्ये तीनवटा गाई, चारवटा बाच्छा र तीनवटा बाच्छी रहेका छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ लैजाँदै गरिएको थियो।

रातको अँध्यारोको फाइदा उठाउँदै तस्करीमा संलग्न व्यक्तिहरू नेपालतर्फ भागेको र उनीहरूलाई पक्राउ गर्न नसकिएको जनाइएको छ।

बरामद गरिएका सबै चौपाया आवश्यक कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा चौपाया तस्करीलगायत अवैध गतिविधि नियन्त्रण गर्न एसएसबीको ७१औँ बटालियनले सूचनाका आधारमा निगरानी र संयुक्त गस्ती सञ्चालन गर्दै आएको जनाएको छ। सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानीलाई थप प्रभावकारी बनाउने कार्य जारी राखेको बताइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज कारागारबाट फरार कैदी भारतको आदापुरमा पक्राउ

वीरगंज । वीरगंज कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतको सीमाक्षेत्रबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४...

एमाले प्रसौनी गाउँ कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बारा । नेकपा एमाले प्रसौनी गाउँ कमिटीको आयोजनामा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। गाउँ कमिटीका अध्यक्ष नजिर हुसेनको अध्यक्षता...

मल र गहुँको बीउ तस्करीको आरोपमा नेपाली नागरिक पक्राउ

पर्सा । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। घटनास्थलबाट...