Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

महुवनमा गुठीको अतिक्रमित जग्गाबाट ३८० घरटहरा हटाइयो, ७ डोजर प्रयोग

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित पारसनाथ मन्दिरको करिब ६ विघा अतिक्रमित जग्गा आइतबार बिहान खाली गराइएको छ । अतिक्रमण हटाउन ७ वटा डोजर प्रयोग गरिएको थियो ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको पहलमा उक्त कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष जयवन्त यादवले जानकारी दिएका छन् । उनका अनुसार बिहानैदेखि सुरु गरिएको अभियानमा सो क्षेत्रमा निर्माण गरिएका करिब ३८० घरटहरा हटाइएको हो ।

गाउँपालिकाले विगत दुई वर्षदेखि अतिक्रमण हटाउने प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन । केही दिनअघि मन्त्री महतोले स्थलगत निरीक्षण गरेपछि योजनाबद्ध रूपमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको अध्यक्ष यादवको भनाइ छ ।

अतिक्रमण हटाउने क्रममा सुरक्षा व्यवस्था कडा पारिएको थियो । करिब ३०० जनाको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको वताइएकाे छ । लामो समयदेखि उक्त स्थानमा केही परिवारले घर निर्माण गरी बसोबास गर्दै आएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...