Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पोखरिया बजारमा ट्राफिक सचेतना कार्यक्रम, विभिन्न स्थानमा बोर्ड राखियाे

spot_img
spot_img

वीरगंज । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पर्साको पोखरिया बजारमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत शनिबार इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको पहलमा पोखरिया बजरंग युवा समाजले बजारका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्ड स्थापना गरेको हो।

कार्यक्रम अन्तर्गत “मादक पदार्थ सेवन गरी सवारी नचलाऔं”, “तिव्र गति जीवन क्षति”, “ट्राफिक नियम पालना गरौं” र “हेलमेटको प्रयोग गरौं” जस्ता जनचेतनामूलक सन्देशसहितका बोर्डहरू राखिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

प्रहरी निरीक्षक पौडेलले ट्राफिक नियमको पालना र जनचेतना अभिवृद्धि मार्फत दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

उक्त कार्यक्रममा प्रहरी निरीक्षक पौडेलसहित पोखरिया बजरंग दलका पवन गुप्ता लगायत स्थानीय युवाहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...