Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

पत्रकार महासंघद्वारा सरकारी विज्ञापन निर्णयविरुद्ध दलहरूलाई ध्यानाकर्षण

spot_img
spot_img

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई ध्यानाकर्षण पत्र पठाएको छ।

महासंघका महासचिव रामप्रसाद दाहाल का अनुसार शनिबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह लगायत अन्य दलका नेताहरूलाई छुट्टाछुट्टै पत्र पठाइएको हो।

यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेताहरूलाई पनि ध्यानाकर्षण गराइएको महासचिव दाहालले जानकारी दिए।

महासंघले सरकारको उक्त निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुला अर्थनीति र संघीयताको मर्मविपरीत रहेको ठहर गर्दै संसद्मा यस विषयलाई गम्भीर रूपमा उठाउन आग्रह गरेको छ।

पत्रमा सरकारको निर्णयले प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रणको जोखिम बढेको, निजी तथा सामुदायिक सञ्चारमाध्यमको अस्तित्वमाथि प्रश्न उठेको, श्रमजीवी पत्रकारहरूको रोजगारी संकटमा परेको तथा सूचनाको पहुँचमा असन्तुलन र केन्द्रीकरण बढ्ने खतरा रहेको उल्लेख गरिएको छ।

महासचिव दाहालका अनुसार निर्णय खारेज गर्न माग गर्दा पनि सरकार गम्भीर नदेखिएकाले सबै दललाई संसद्मा आवाज उठाउन आग्रह गरिएको हो। साथै सञ्चारमाध्यममाथि आर्थिक नाकाबन्दी जारी रहे महासंघले केन्द्रीय समिति बैठकबाट आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी समेत गरेको जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...