Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

घरदैलोमा सांसद कानु: वीरगंज २६ र २७ का जनताका समस्या सुन्दै समाधानको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य सुशील कुमार कानुले आफ्नो निर्वाचन क्षेत्रका जनताको समस्या प्रत्यक्ष सुन्ने अभियानलाई निरन्तरता दिएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएपछि काठमाडौंमा संसद् बैठक बाहेकका समयमा उनी नियमित रूपमा क्षेत्रका विभिन्न वडामा पुगेर स्थानीयसँग भेटघाट गर्दै आएका छन्।

यसैक्रममा बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ र २७ मा पुगेर सांसद कानुले स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या र गुनासा सुनेका छन्।

वडा नम्बर २६ मा स्थानीय किसानहरूले वर्षायाममा पानी निकासको उचित व्यवस्था नहुँदा सयौं बिघा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या रहेको गुनासो गरेका थिए। त्यसमा सांसद कानुले डुबान समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरेर पहल गर्ने आश्वासन दिएका छन्।

त्यसैगरी वडा नम्बर २७ मा स्थानीयले विद्यालय र स्वास्थ्य चौकीको अभाव, नियमित विद्युत आपूर्तिमा समस्या तथा आवश्यक स्थानमा विद्युतीय पोलको कमी रहेको विषयमा सांसदको ध्यानाकर्षण गराएका थिए। जवाफमा सांसद कानुले शिक्षा, स्वास्थ्य र विद्युत सेवासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए।

जनतासँगको उक्त भेटघाट कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति फैयाज आलम, युवा नेता सुधिर पटेल, निखिल वर्णवाल लगायतको समेत सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...